Logo

पोखरामा रन वेबाट चिप्लिएर विमान दुर्घटना


पोखरा, २४ वैशाख /पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ ।

 

हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो । दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए ।

जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको ठोक्किएको थियो । दुर्घटनामा जाइरोकप्टरको दुबै पंखा भाच्चिएको छ । अगाडिको सिसा फुटेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्