आइपियलका आगामी खेलमा सन्दीप लामिछानेले मौका नपाउनुको ५ कारणहरु यस्तो छ्न हेर्नुहोस
सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो। नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि खेली रहेको छन । तर सन्दिप लामिछाने किन अबको महत्वपुर्ण खेल खेल्न पाउछन कि पाउदैन भन्ने सबैको मनमा छ ।
क्रीक्रेट बिश्लेषकह रु भन्न्छन अब सन्दिप खेल खेल्न ५०/५० प्रतिशत छन ।आइपियलका आगामी खेलमा सन्दीप लामिछानेले मौका नपाउनुको ५ कारणहरु एस्तो छ्न हेर्नुहोस :
१. टिमले जम्मा ४ जना बिदेशी खेलाडी खेलाउन पाउने नियमले गर्दा।
२. पिचको हिसाबले पनि सन्दीप लामिछानेलाई बेला बेलामा मौका नमिल्ने गर्दछ।
३. सन्दिप लामिछाने मात्र बलिङ्ग गर्छन तर डेल्ही कपितल्स मा स्पिन बलिङ्ग र ब्याटिंग गर्न सक्ने खेलाडीहरु भएकोले।
४. पायको मौकालाई सही सदुपयोग गर्न नसकेकोले ।
५. IPL को अनुभव कम भएकोले। Delhi Capitals मा IPL को बर्षौ अनुभव भएका खेलाडीहरु भएकाले।
Total Matches Played by Sandeep Lamichhane = 6 Matches/8 Wickets.
को हुन सन्दिप लामिछने ?
सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन् । सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए । सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पठाएका थिए।
छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० खेल्ने भएपछि उनि पुनः चर्चाको शिखरमा छन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए।
सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए। अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्। सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बङ्गलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि अनुबन्धित भने भएका थिएनन् । सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो।