Logo

सबै चिज त्यागेर आवश्यक परे गौतमबुद्ध बन्न तयार छु : प्रचण्ड


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताएका छन्। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले मैले अब देशको लागि, जनताको लागि र समृद्विकोे लागि जरुरी पर्यो भने गौतमबुद्धको बाटोमा हिँड्न सक्ने बताएका हुन् ।

‘बाँकी जीवन अब समृद्वि र देशमा शान्ति सुदृढ गर्नको निम्ति तयार छ,’ उनले भने, ‘हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाको लागि जान्छु भनेको होइन । भन्न खोजे को के भने देशको लागि र जनताको लागि जरुरी पर्यो भने म सबै कुरा त्यागेर जंगल जान तयार छु ।’ अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन् । सम्पत्ति चाहिएको छैन् । घरगाडी चाहिएको छैन् ।

म फेरि पनि दुःख गर्न सक्छु । यो कुरालाई त्यही रुपमा बुझियोस् ।’ हिजो पनि निकै ठूलो त्याग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘त्याग त त्याग नै हो । त्यागका पनि धेरै खाले रुप हुन्छन् । त्यसैले म आवश्यक परे अब देशको लागि जनताको लागि समृद्विकोे लागि जंगल जान तयार छु ।’ कहिलकाहिँ मलाई लाग्छ । एउटा मामुली गरिब किसानको छोरालाई युद्धको पनि नेतृत्व गर्ने, शान्तिको पनि नेतृत्व गर्ने र समृद्विको पनि नेतृत्व गर्ने अवसर जुर्यो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्