भर्खरै डिभीको नतिजा सार्वजनिक, यहाँ हेर्नुहोस तपाईलाई डिभी पर्यो की परेन ?

अमेरिकी इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)मा भरेको इडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने छ ।डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।
नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन।इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लटरी कार्यक्रमको नामबाट चिन्ने गरिन्छ । र, यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ ।
काेटेश्वरमा शक्तिशाली टायम बम स्थिति तनावपूर्ण
राजधानी काे अति ब्यस्त शहर काेटेश्वरमा साेमवार साझ बम भेटिएको छ। कोटेश्वरस्थित बीच सडकमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो ।
शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो
जवाफ दिँदै प्रधानमन्त्री नीति तथा कार्यक्रममा उठेका प्रश्नको
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
मंगलबार संघीय संसदका दुवै सदनमा ओलीले छुट्टाछुट्टै जवाफ दिन लागेका हुन्। प्रतिनिधि सभामा १ बजे अघि र राष्ट्रिय सभामा १ बजेपछि जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
त्यसअघि ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिदैँछन्। नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रयोगलाई लिएर सांसदहरुले सरकारको आलोचना गरेका थिए।
त्यस्तै नीति तथा कार्यक्रम महत्वकांक्षी भएको, कार्यान्वयन गर्न नसकिने खालको भएको भन्दै प्रतिपक्षीले आलोचन गरेको छ। प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्र रहेको टिप्पणी गरेका थिए।
त्यस्तै राजपा नेपालले संविधान सर्वस्वीकार्य भैसकेको भन्ने उल्लेख गरिएकोमा आपत्ती जनाएको थियो। सत्तापक्षका सांसदहरुले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै आएका छन्।
प्रतिनिधिसभाको बैठक अहिले ११ बजे सुरु हुदैँछ। राष्ट्रियसभाको बैठक भने १ बजेदेखि हुनेछ। सरकारले नीति तथा कार्यक्रम आजै पास गर्ने तयारी गरेको छ।