Logo

जवाफ दिँदै प्रधानमन्त्री नीति तथा कार्यक्रममा उठेका प्रश्नको


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

मंगलबार संघीय संसदका दुवै सदनमा ओलीले छुट्टाछुट्टै जवाफ दिन लागेका हुन्। प्रतिनिधि सभामा १ बजे अघि र राष्ट्रिय सभामा १ बजेपछि जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

त्यसअघि ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिदैँछन्। नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रयोगलाई लिएर सांसदहरुले सरकारको आलोचना गरेका थिए।

त्यस्तै नीति तथा कार्यक्रम महत्वकांक्षी भएको, कार्यान्वयन गर्न नसकिने खालको भएको भन्दै प्रतिपक्षीले आलोचन गरेको छ। प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्र रहेको टिप्पणी गरेका थिए।

त्यस्तै राजपा नेपालले संविधान सर्वस्वीकार्य भैसकेको भन्ने उल्लेख गरिएकोमा आपत्ती जनाएको थियो। सत्तापक्षका सांसदहरुले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै आएका छन्।

प्रतिनिधिसभाको बैठक अहिले ११ बजे सुरु हुदैँछ। राष्ट्रियसभाको बैठक भने १ बजेदेखि हुनेछ।  सरकारले नीति तथा कार्यक्रम आजै पास गर्ने तयारी गरेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्