शक्ति निर्माणमा अशाेक राईको त्याग र भट्टराईकाे हात माथि कसरी ?-बलदीप प्रभाश्वर चामलिङ
-बलदीप प्रभाश्वर चामलिङ
समेट्ने कि समेटीमाग्ने (include or to be included) ?
राजनीति भनेकाे अरूलाई “समेट्ने” हाे, “समेटिमाग्ने” हाेइन । अरूलाई समेट्ने राजनीतिक नेतृत्व निर्माण गर्नु नै राजनीतिकाे सार हाे । यसाे गर्नुमा नै अाफ्नाे गरिमा र प्रतिष्ठा कायम हुन्छ । राजनीतिकाे अर्काे केन्द्रीय चुरमुल्य (core value) भनेकाे अाफ्नाे “शासकत्व” कायम गर्नु हाे र याे शासकत्व भन्ने चिज नेतृत्वमा अन्तरनीहित हुन्छ ।
जस्ताे: अादिवासीले जबसम्म अाफ्नाे राजनीतिक नेतृत्व स्थापित गर्न सक्दैन, तबसम्म उ राष्ट्र बन्न सक्दैन ।
अादिवासीलाई त ७ साल देखि नै समेटिएकाे छ । मुलधार भनिने पार्टीमा राखिएकाे छ । मन्त्री मण्डलमा समेटिएकाे छ । राम बहादुर थापा, शेरधन राई, सुवास नेम्बाङ जस्ता व्यक्ति भनेका समेटिएका पात्र हुन् । समेटिएका पात्रहरू संचालित हुन्छन्, स्वचालित हुन सक्दैनन् ।
हिजाे अशाेक राईले उपेन्द्र यादवलाई हाेइन, बरू उपेन्द्र यादवले अशाेक राईलाई समेटेका थिए । अाज उपेन्द्र यादवलाई बाबुराम भट्टराईले समेटेका छन् । राजनीतिमा जसले अरूलाई समेट्ने हैसियत राख्छ, उसैकाे हातमा अादेश, निर्देशन र नियन्त्रणका अधिकार रहन्छ ।
शक्ति निर्माण
अवस्य पनि दुइपार्टी एक हुँदा शक्ति निर्माण हुन्छ । तर त्याे निर्मित शक्तिले कसलाई बनाउछ भन्ने कुरा प्रमुख हाे । त्याे निर्माण भएकाे शक्तिले कुन अमुक व्यक्ति/ समूहकाे स्वार्थलाई पूरा गर्छ भन्ने कुरा हेक्का राख्नु पर्छ ।
जस्ताे: अहिले नयाँ शक्ति दल र फाेरमकाे एकीकृत शक्तिले यादव र भट्टराईकाे राजनीतिक उचाई बढाउने हाे । यी दुई पात्रले राजनीतिक खेलमा बाजि मार्ने हुन् । बाकीले बाहिर रहेर मुख मिठ्याउदै बस्नु मात्र हाे । याे खेलमा अझ अगाडि भट्टराईले यादव भन्दा बढि लाभ लिने हुन् ।
भट्टराईकाे हात माथि
नयाँ दलमा यादवकाे भन्दा माथि भट्टराईकाे हात हुनेछ । भट्टराईले वीपीकाे जस्ताे अाफ्नाे राजनीतिक विराषद छाडेर जाने सिद्धान्तकाे राजनीति गरेका हाेइन । उनकाे त “भेजिटेबल पाेलिटिक्स” हाे , अर्थात अाफ्नै बचेकाे उमेरमा जतिसक्दाे निजी चार्वाक लाभ लिएर मर्ने हाे ।
पुर्व प्रमकाे हैसियत भजाएर यादवसंग गएका छन् । यसले गर्दा बरियाती क्रममा यादवभन्दा तल रहने कुरै भएन । भाेली सत्ता समीकरणमा नयाँ निर्मित दलकाे तर्फबाट अाफूलाई प्रधानमन्त्रीकाे रूपमा प्रस्तुत गर्ने उनकाे ध्याय हाे । यसकाे लागि उनलाई भारतकाे पनि सहयाेग हुनेछ ।
भट्टराई र यादव संगै रहुन्जेल् कुनै ठूलाे लाभ दाबेदारीकाे लागि यादवले भट्टराईलाई नै अगाडि सार्नु पर्ने नैतिक दायित्व हुन्छ । निर्वाचनहरूमा पनि सम्भवत: बाबुराम कहिले हार्ने छैन र बाचुन्जेल चुनाव जित्छु भन्ने उनकाे अात्म विश्वास कायमै छ । याे भए पछि यादव दाेश्राे भएर नै रहनु पर्छ ।
अशाेक राई र त्याग
राजनीतिमा त्याग भनेकाे राजनीतिक उदेश्य प्राप्तिकाे लागि निजी तथा पारिवारिक सुखभाेगलाई तिलान्जली दिएर संघर्षमा लाग्नु हाे । राजनीतिक अधिकारजन्य अवसर छाड्नु त्याग हाेइन, त्याे त असक्षमता हाे । त्यागी केपी अाेली हुन् जसले राजनीतिक उदेश्यकाे लागि एक दशकभन्दा बढि जेल बिताए । त्यागी त प्रचण्ड हुन् जसले अाफ्नाे घरबार छाडेर परिवारै राजनीतिमा हाेमाए । त्यागी त मण्डेला हुन् जसले २७ वर्ष जेल बसेर अन्तमा राजनीतिक उपलब्धिलाई निष्कर्षमा पुर्याउन राष्ट्रपति बने ।
अशाेक राई लघुताभाषकाे मनाेविज्ञानकाे सिकार भए । राईले विपक्षीहरूकाे अाफूप्रतिकाे धारणालाई “ईख”काे रूपमा नलिएर “अबगाल” काे रूपमा लिए । जसरी पनि अाफू रहेकाे दल ठूलाे हुनु पर्छ र अाफू समर्थक मात्र भए पनि अाफू बसेकाे दल ठूलाे भयाे भने अबगाल टर्छ भन्ने मनाेविज्ञानमा राई रमेका छन् । तर अाफ्नाे निर्णायक केन्द्रीय राजनीतिक भूमिकाले मात्र विराेधीलाई खराे जवाफ दिन्छ र यसैले अफ्नाे लक्षित समुदाय र देशकाे भविष्यकाे लागि माैलिक अाधार पनि तय गर्छ भन्ने चेत अाएन ।
हाम्फलाई र भाेलिका दिन
अाफ्ना सँधियार भैयादहरूलाई वास्तै नगरी राई ठूलाे दल बन्ने साेचमा मधेसमा हाम फाले र अाफ्नाे भुमिका यादवलाई सुम्पिए । ठीक यसै गरि अहिले यादव पनि राष्ट्रिय नेता हुने महत्वाकांक्षाले पहाहमा हाम्फालेर भट्टराईलाई अभिभावकत्व सुम्पे ।
अशाेक राई मधेस झर्दा अादिवासीहरूमा भएकाे राजनीतिक स्थान रिक्ततालाई परिपुर्ति गर्ने कुनै शक्ति थिएन । तर उपेन्द्र यादवकाे सन्दर्भमा त्याे हुन सक्दैन । उनी पहाड चढ्दा मधेसमा हुने रिक्तलाई तुरन्त अाफ्नाे बसमा राख्ने उसकाे प्रतिद्वन्दी राजपा छ । सत्ता गमन गरेर पनि संविधान संशाेधन गर्न नसकेकाे र उपेन्द्रले मधेश धरातल छाडेकाे कुरालाई अतिरन्जना गरेर राजपाले राजनीतिक स्पेस लिने उतिकै सम्भावना पनि छ । अाफ्नै सहकर्मी दल राजपालाई बेवास्ता गर्नुकाे परिणाम त्यति राम्राे नहुन सक्छ ।
यता पहाडि बेल्टमा बाबुरामकाे संगठन राम्राे छैन । बाबुरामकाे पछि खप्पिस बाहुनहरू छैनन् । बाबुरामकाे पछि उनलाई देवत्वकरण गरेर लाग्ने भनेका उही सामन्य जनजातिहरू मात्र हुन् । भाेलिका दिन मधेसी र जनजाति मतदातालाई कसरी बाबुरामले खेलाएर चातुर्यता देखाउछन्, त्यसमै छ उनकाे राजनीतिक भविष्य ।
संक्रमणकालीन चेतना स्तर
यता अादिवासीहरूमा राजनीतिकाे संक्रमणकालिन चेतना छ । याे बेला उनीहरूमा अन्धाले हात्ती छामेकाे ज्ञान छ । एकले अर्काेलाई पत्याउने संस्कार छैन । याे बेला एक गतिलाे नेतृत्व खाेजिरहेकाे छ, याे समाजले । अगुवाहरूकाे हालत देखेर हतास पनि छन् ।
अादिवासीहरूकाे याे अवस्थाले त्याग, धैर्यता र जाेखिम उठाउन सक्ने नेतृत्वलाई कुरिरहेकाे छ ।