Logo

संसार रुवाउँने नेपालको यो तस्विर : आमा को हुन ?


काठमाडौं । आमा आफैंमा एक सम्मानको शब्द हो । संसारको सबैभन्दा महान सम्बन्ध नै आमा हो । आमाको महिमा कत्तिसम्म अपार हुन्छ यसको सायद हरेक सन्तानलाई थाहा हुन्छ ।

आमालाई भगवान भन्दा पनि माथिको रुप मान्ने गरिन्छ । तर हामीले यसो भन्दै गर्दा गर्भमा हत्या भएको बच्चाहरुको कुरा गरिरहेका छैनौ । आमाले सन्तान जन्माएर खोलामा फ्यालेको वा फोहोरको डस्बीनमा फालेको कुराहरु गरिरहेका छैनौ ।

 

जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्न सकिदैन । यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्दछ , अहिले एक तस्विर एक चर्चामा आएकोछ ।

यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध पिलाइरहेको छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको छ । यस्तो लाग्दो हो उसले पनि स्तनपानका लागि आफ्नो आमा खोजिरहेको छ ।

र त्यही बाख्राको स्तनपनि आमा समान छ भनेर त्यो अवोधपनले समेत जानिरहेको हुँदोहो ।

तस्विर भने उक्त बाख्रिको खोरमा भने हैन । हेर्दा सफा उनै बालकका लागि लिटो पाक्ने घरको भान्छा कोठा जस्तो देखिन्छ । चुल्हो नजिकै घोप्ट्याईएको भाडा छ । खाली भाँडा, बाख्रीले स्तनपान गराइरहेको अवस्थालाई एक टकले हेरिरहेको बालकलाई सायद गरिबी र भोकमरिले पिल्साएको छ भन्दै दुखि बनेर लाखौँ मानिसले सेयर गरिरहेका छन् ।

आमा वा माता को हुन ?

आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ। आमाको बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहरा प्रर्दान गरि समाजका लागि योग्दान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई निभाउन कुनै आमा पनि चुक्नु हुदैन।

सृष्टीकर्ताको उपमा पाएकी आमा, लाग्छ मेरो लागी उनीजति प्रिय अरु कोहि छैन् । आमाको सम्मानका खातिर दर्जनौ उपमाहरु दिदै पनि आईएको छ । दुई अक्षरले निर्मित आमा शब्दलाई न हामीले हेलामा पार्न सकिन्छ न बिर्सन नै ।

जति तिरस्कार गर्न खोजेपनि मन भित्र कहिँ न कहिँ रहन्छिन् । तर आमाको मर्म बुझ्न त्यति सजिलो भने पक्कै छैन् । जो कोहि मानवलाई पनि ९÷९ महिना सम्म कोखमा राखेर जन्म दिन्छिन् । गर्भावस्थाको अप्ठ्यारो समयमा पनि निकै धर्यवान् र सहनशील भएर आफ्नो सन्तानलाई यो धर्तीमा टेकाउछिन् । जति पुरुषलाई बाबु बन्न सजिलो छ त्यो भन्दा धेरै गुणामा आमा बन्न गाह्रो छ ।

सन्तानको जन्म दिनु मात्र आमाको जिम्मेवारी होईन् । जन्मपछि पनि स्तनपान, स्याहारसुसार, पालनपोषण लगायतका कार्यमा मुख्य भूमिका निभाउनु पो आमा । जन्माएर खाल्डोमा पुरेर हिड्नु, खोलामा पाल्नु, पाईखानामा हाल्नु, घाँटी थिचेर मार्नु, गर्भपतन गर्नु लगायतका घृणीत काम सच्चा आमावाट कदापी हुन सक्दैन् ।

तिम्ले पैसाले धेरैथोक किन्न पाईएला तर आमा किन्न पाईएला र ? सहनशीलताको प्रतिमुर्ती आमा बाहेक अरु के हुन सक्छ र ? आमा मायाको खानी मात्र होईनन्, शिक्षाको पहिलो र संसार देखाउने गुरु हुन् । आमा संसारकी श्रेष्ठ र सृष्टीकर्ता मात्र कहाँ हुन् र ? उनी त आर्दशको प्रतिमुर्ती पनि हुन् ।

सर्वगुणी आमा कर्तव्यकी मुहान मात्र होईनन्, कल्याणकी देवी पनि हुन् । भनिन्छ, आमाको आँशु जीवनकै ठूलो पाप ठानिन्छ । यति भनिसकेपछि आमा को हुन् चिन्न गाह्रो छ र ?तर अचेल आमा आफ्नै श्रीमान् र सन्तानवाट हेलामा पर्न थालीएको छ । तिमिलाई जन्मायो, हुर्कायो, जिम्मेवार बनायो तर बुढेशकालमा आमा बेसाहारा बन्दै बलिन्द्रधारा आँशु झार्न बाध्य बनेकी छिन् ।

आमाहरुकै लागी भनेर विभिन्न गाउँशहरमा बृद्धाश्रमको योजना तथा भवन निर्माण हुदैछ । बुढेशकालमा साहारा चाहिनेबेलामा आमालाई उहि एक्लोपनको उपहार दिने संस्कार मौलाउदैछ । यस तर्फपनि आमाका सन्तानहरुले गम्भिर रुपमा सोच्नुपर्ने समय आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्