Logo

मुन्धुममा हुने वर्णन नियामा भनेको के हो ? हेर्नुस बिस्तृत खोज


-भोगिराज चाम्लिङ

मुन्दुममा हुने वर्णनअनुसार नियामा भनेको अन्न उब्जाउ हुने मैदान हो जहाँ किरात पुर्खाहरुले चुला र अजिङ्गर पुज्ने गर्थे । र, नियामामै किराती नछुङहरु पैदा भइसकेका थिए । मैदान पनि भएको र अन्न पनि उब्जाउ हुने भएकोले केही विद्वान्ले नियामा भनेको नेपालकै तराई हो भनेका छन् ।

तर, लुम्बिनीमा गरिएको पुरातात्विक उत्खननले तराईमा खेतीपातीको सुरुवात इसापूर्व १२०० तिर मात्र भएको बताउँछ । जबकि पुरातत्वविद्हरुले नै के भनेका छन् भने पूर्वी पहाडमा लगभग इसापूर्व २००० मै किरातहरु पुगिसकेका थिए ।

किरातीहरुका बस्तीबस्तीमा पाइने ‘चट्याङढुंगा’ भनिने ढुंगेहतियारका आधारमा यस्तो भनिएको हो । तराईमा खेतीपाती सुरु हुनुभन्दा अघि नै किरातीहरु पूर्वी पहाडमा पुगिसकेको देखिन्छ । त्यसैले नियामा नेपालको तराई हो भन्न सकिने आधार छैन ।

अर्को कुरा, तराईमा गरिएको आजसम्मको उत्खनन र अध्ययनले चुलापूजा र अजिङ्गर पुजासम्बन्धी कुनै प्रमाण फेला परेको छैन । बरु चीनको ह्वाङहो (YELLOW RIVER) नदी उपत्यकामा चुलाको प्रयोग इसापूर्व ७०००–५००० अर्थात् ९०००–७००० वर्षअघि थियो, चुलापूजा, पितृपूजा, अजिंगरपूजा इसापूवै ५०००–३००० अर्थात् ७०००–३००० वर्षअघि थियो भन्ने थियो भन्ने पुरातात्विक उत्खननले देखाएको छ (LIU AND CHEN, 2012:123-212)।

फेरि ह्वाङहो नदीमा इसापूर्व १०००० वर्षअघि नै खेतीपाती सुरु भइसकेको थियो (SU, 2000: 587)। रोचक कुरा के भने विश्वमा सबैभन्दा पहिला ह्वाङहो नदी उपत्यकामा कागुनी खेती सुरु भएको थियो । त्यो अन्न किरात राईहरुका पितृलाई चढाउने प्रथम र पवित्र अन्न पनि मानिन्छ । रोचक कुरा त के भने चिनियाँ भाषामा कागुनीलाई फ्रेँ भनिन्छ (VAN DRIEM, 2008 : 235), किरात राईहरुमध्ये चाम्लिङले फेरोँ भन्छन् ।

बान्तावा राईहरूले फेसाक, फेसा भन्ने गर्छन् । याम्फूहरूले पिया शब्द प्रयोग गर्छन् भने लिम्बूहरू पया? भन्ने गर्छन् । दुमी राईहरूले कागुनीलाई बुछु, बुहु भन्छन् । भनेपछि चिनिया र किरात राईहरुको शब्दमा लगभग पूरै र धेरै समानता देखिन्छ । (अरु किराती भाषामा केके भनिन्छ, मैले धेरै खोजी गर्न नपाएकोले उल्लेख गर्न नसकेकोमा क्षमा चाहन्छु) ।

त्यति मात्र होइन निया, खोटाङ, थुलुङ जस्ता ठाउँका नाम पनि चीनमा रहेका छन् । यसले पनि चीनसँग किरातीहरुको सम्बन्ध रहेको देखाउँछ । निया, खोटाङ चाहिँ मैले नै अध्ययन गर्ने क्रममा थाहा पाएको थिएँ । तिब्बतमा थुलुङ भन्ने किल्ला र गाउँको नाम छ भनेर उल्लेख गर्ने चाहिँ महापण्डित राहुल सांकृत्यायन हुन् (शर्मा, २०६७: २५८) । बौद्ध धर्मको अध्ययनका लागि उनले थुप्रैपटक तिब्बतको पैदल यात्रा गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्