Logo

‘आवश्यक परे फेरी जंगल जान तयार छु’-प्रचण्ड


‘कम्यूनिष्ट पार्टीलाई मूल प्रवाहमा बगाउन र समाजबादी यात्रा तय गर्न आबश्यक परे फेरी पनि जंगल जाँन तयार छु’ कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘पार्टी ठूलो भयो र क्रियासिल भएन । क्रियाशील पार्टी नबनाएसम्म, नेकपालाई एउटा क्लाइमेक्समा नपुरयाएसम्म म माथि जानेबाला छैन ।’

 

काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे फेरी जंगल जान तयार रहेको बताएका छन् ।

काठमाडौंको कमलादीमा कार्ल काक्र्सको २०१ औं जन्म जयन्तिको अबसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफु देश र जनताका लागि आवश्यक परे फेरि जंगल जान तयार रहेको बताएका हुन् ।

‘कम्यूनिष्ट पार्टीलाई मुल प्रवाहमा बगाउन र समाजबादी यात्रा तय गर्न आबश्यक परे फेरी पनि जंगल जाँन तयार छु’ कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘पार्टी ठूलो भयो र क्रियासिल भएन । क्रियाशील पार्टी नबनाएसम्म, नेकपालाई एउटा क्लाइमेक्समा नपुरयाएसम्म म माथि जानेबाला छैन ।’

प्रचण्डले विगत र बर्तमानमा कम्यूनिष्ट पार्टीका कार्यकर्तामा निकै परिवर्तन आएको बताए । कार्यकर्तामा उत्साह र जाँगर घटेको तर पार्टी ठुलो भएको टिप्पनी गरे । ‘पहिले जंगलमा केही सानो टिमसँग बस्दा ठूोलै समुदायको नेतृत्व गरेको भान हुन्थ्यो । तर अहिले पार्टी विशाल छ । लाखौ कार्यकर्ता छन्, करोडौ जनता छन् तर पनि काठमाडौंमा एक्लै भएजस्तो लागेको छ ।’

प्रचण्डले दलाल पूँजीबादलाई भत्काउन एक पटक सिंगै पार्टी पंक्ति एक भएर हिड्नु पर्ने बताए । पार्टी पंक्ति एक नभए समाजबादमा पुग्न नसकिने जिकिर पनि गरे । ‘केन्द्रीय कमिटी र जिल्ला कमिटीको एकता सकिएको छ । अब दुई दिनभित्र जनवर्गीय संगठन र कार्यबिभाजन हुन्छ । त्यसपछि देशभर नै एउटा कार्यक्रम लिएर कार्यकर्तामा उर्जा पैदा गर्नु पर्दछ’ प्रचण्डले भने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्