Logo

शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमन : नर्सहरुको आपत्ति


काठमाडौं । सहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै गम्भीर आपत्ति जनाएको ।

शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । अस्पताल प्रशासनले गरेकोे विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले त्यस कदमको निन्दा गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, मानव अंग प्रत्यारोपण केन्द्रले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको भन्दै कडा भर्त्सना गरेका हुन् ।

अस्पतालका झण्डै दुई सय जना कर्मचारीको भविष्यमाथि खेलबाड गर्ने गरी पूर्ण स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई घोर अन्याय हुने गरी सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु वैशाख ११ गतेबाट पूर्व-चनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको उनीहरुले जानकारी दिए ।

आफूहरुले सुरुमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भए पनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनै पनि पूर्वाग्रह नराख्ने आश्वास दिएको पनि उनीहरुको भनाई रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्