राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली झण्डा भएको पानीजहाजमा छिट्टै यात्रा गर्न पाइने बताएकी छन्।

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै पानीजहाजमा यात्रा गर्ने चाहना छिट्टै पूरा हुने बताइन्।

पानीजहाज ल्याउनका लागि कानुनी र पूर्वाधार तयार गर्ने काम भइरहेको उनको भनाइ छ।

काठमाडौंलाई चीन र भारत दुवै देशबाट रेलमार्गबाट जोड्ने उनले बताइन्।

आगामी २ वर्षभित्र रेलमार्ग बनाउन सुरू गरिने उनको भनाइ छ।