Logo

वैज्ञानिक खोजः हिमाली क्षेत्रमा आदिमानव बस्थे, पछि शेर्पा–तिब्बती भए


वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्। तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा मानव प्रजाति होमो सापियन्स बस्ने बताइँदै आएको थियो।

तिब्बतको एक गुफामा भेटिएको डेनिसोभान्सको चिउँडोको त्यो अस्थिपञ्जर १ लाख ६० हजार वर्ष पुरानो भएको बताइएको छ।

डेनिसोभान्स मानवको एक प्रजाति हो। यो समूहमा रहेको आधुनिक मानव होमो सापियन्स बाहेक अन्य प्रजाति संसारबाट लोप भैसकेका छन्। १ लाख ५० हजार वर्षदेखि १० लाख वर्षअघि अस्तिवमा रहेको भनिएको डेनिसोभान्सलाई मानव इतिहासको सबैभन्दा रहस्यमय प्रजाति मानिन्छ।

साइबेरियाको डेनिसोभा गुफा बाहिर पहिलो पटक डेनिसोभान्सको अंश भेटिएको हो। यो अनुसन्धान लेख नेचर जर्नलमा प्रकाशित भएको छ। यसले प्राचिन मानवहरु हामीले विश्वास गरेको भन्दा निकै धेरै क्षेत्रमा फैलिएका थिए भन्ने मान्यतालाई प्रमाणित गरेको छ।

तिब्बतमा भेटिएको त्यो अस्थिपञ्जरले मानवको इतिहास, विकास र भविष्यको संभावनाबारे विभिन्न संकेत गरेको छ। यसले विज्ञानको विकास छिटो गतिमा भैरहेको छ भन्ने पनि देखाएको छ।

दुई वटा दाँत र चिउँडोसहितको नयाँ जीवाशेष डेनिसोभान्स मानवको अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा पूर्ण अवशेष हो। यसअघि एउटा दाँत वा हड्डीको कुनै अंश मात्रै भेटिएको थियो।

तर यसअघिको जस्तै डेनिसोभान्सको अहिलेको जिवाशेषमा पनि कुनै डिएनए रहेको थिएन। वैज्ञानिकहरुले प्रोटिनको माध्यमबाट यसको विश्लेषण गरेका थिए। यसरी पूर्ण रुपमा प्रोटिनको विश्लेषणबाट प्राचिन मावन पत्ता लागाइएको पहिलो पटक हो। दुई वटा दाँतको विश्लेषण कोलजेन प्रोटिन (छाला र अन्य भाग जोड्ने तन्तुमा पाइने प्रोटिनको संरचना, जुन कस्मेटिक सर्जरी उपचारमा प्रयोग हुन्छ र भिटामिन सीले कोलजेल बनाउन प्रमुख भूमिका खेल्छ) देखायो।

वैज्ञानिकहरुले त्यो अवशेषको अध्ययन गर्दा एउटा दाँत भर्खरै उम्रिएको भेटियो। उनीहरुले त्यो नवयुवकको चिउँडो भएको निष्कर्ष निकाले। वैज्ञानिकहरूले शेर्पा, तिब्बती वा अन्य जातिका मानिसहरु हाइअल्टिच्युट क्षेत्रमा कसरी बाँच्न सफल भए भन्ने रहस्य पनि खोलेका छन्। ती जातिका मानिसहरूमा वंशाणुगत रुपमै रगतमा हेमोग्लोबिनको मात्र कम रहेको पाइएको छ। हेमोग्लोबिन अक्सिजन बोक्ने प्रोटिन हो। त्यसैले अक्सिजन कम हुँदा पनि उनीहरू बाँच्न सक्ने बनाएको निष्कर्ष निकालिएको छ।

अध्ययनले हिमाली क्षेत्रमा कम अक्सिजन भएको स्थानमा बस्ने डेनिसोभान्सबाट होमो सापिन्यसमा यो सरेको हुनसक्ने बताइएको छ। जुन हजारौं वर्षपछि हिमाली क्षेत्रमा बस्दै आएका विश्व प्रसिद्ध जाति शेर्पा हुनसक्ने अध्ययनले देखाएको छ।

डेनिसोभान्सको सो चिउँडो तिब्बती पठारको ३ हजार २८० मिटर उचाइमा रहेको बैशिया कार्स्ट गुफामा सन् १९८० मा भेटिएको थियो। -नेपालखबर

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्