धेरै होइन जम्मा ४२ पटक ‘मेरो सरकार’
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा ४२ पटक मेरो सरकार भन्ने पदावली प्रयोग गरेकी छिन् ।
आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक मेरो सरकार भन्ने शब्दावली प्रयोग गरे पछि अहिले चौतर्फी यसले तरंग सिर्जना गरेको छ ।
पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
‘मेरो सरकार’ भाइरल कसले के भने ?
आज संसदमा राष्ट्रपति विधादेवी भण्डारीले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरे पछि त्यसले चौतर्फी तरंग सिर्जना गरेको छ ।
यो सरकार नेपली जनताको हो की राष्ट्रपति भण्डारीको निजी सरकार हो भन्दै सामाजिक संजाल रंगिएको छ । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टुइट गर्दै देशमा राष्ट्रपतिको सरकार छकि जनताले बनाएको सरकार छ भन्दै प्रश्न गरेका छन् ।
त्यसै गरि संसद भवन बाटै टुइट गर्दै नेपाली काग्रेसका सांसद गगन थापाले आफु त सरकारको निति तथा कार्यक्रम सुन्न आएको तर यहाँ त राष्ट्रपती ज्यूको निजी सरकारको पो निती तथा कार्यक्रम प्रस्तुत भइरहेको रहेछ नेपाल सरकारको निती तथा कार्यक्रम सुन्न कहाँ कहिले आउँ होला ? भन्ने प्रश्न गरेका छन् ।
अन्य थुप्रै नागरिक अगुवाहरुले पनि राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीका विषयमा प्रश्न गरेका छन् ।