राष्ट्रपतिलाई मेरो सरकार भन्ने इच्छा भयो भन्नुभो – देउवा

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नभएको बताएका छन्।
अहिलेको नीति तथा कार्यक्रममा आश्वासन बाहेक केही नभएको पनि उनको जिकिर छ।
‘यसमा आश्वासन बाहेक केहीपनि छैन। पहिलाको जे कुरा हो उही रहेछ,’ उनले भने।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेको विषयमा सञ्चारकर्मीले उनको धारणा सोधेका थिए।
‘नेपाल सरकार भन्या भए हुन्थ्यो। उहाँलाई मेरो सरकार भन्ने इच्छा भयो भन्नुभो,’ उनले भने।
कांग्रेसको संसदीय दलका उपनेता विजय गच्छदारले पनि यो विषयमा देउवाको जस्तै प्रतिकृया दिए, ‘उहाँले मेरो सरकार नभन्या भए हुन्थ्यो।’