सरकार कामप्रति गम्भीर नभएकोले सरकार बजेट खर्चमा फेल

अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी सरकारको कार्यशैली परिवर्तन नहुँदा समयमै बजेट खर्च नुहने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको बताउँछन् ।
सरकारले अब कार्यतालिका नै बनाएर घण्टाको हिसाबमा काम लगाउनुपर्ने र प्रत्येक कामको समीक्षा तत्काल गर्न नसक्दा हरेक वर्ष सरकार बजेट खर्चमा फेल हुने गरेको डा. अधिकारीको तर्क छ ।
उनी भन्छन्, ‘कार्यतालिकाको चौमासिक बाँडफाँटले काम हुँदैन, अब साप्ताहिक बाँडफाँट चाहिन्छ र साप्ताहिक बाँडफाँट सकिने वित्तिकै समीक्षा गरी काम नहुनुको कारण पहिल्याउनुपर्छ ।
हामीसँग कानुन पुरानो छ, प्रविधि पुरानो छ । यी सबैलाई परिमार्जन गर्नुपर्छ ।’ बजेट तर्जुमा गर्दा परिपक्व योजना, स्पष्ट मोडालिटीसहित अघि बढ्न सरकारलाई डा. अधिकारी सुझाउँछन् ।
वर्षको अन्तिम साता खाता बन्द गर्नुपर्ने प्रावधान भए पनि यही साता बढी भुक्तानी हुने गरेको विगतका कार्यशैलीले देखाउँछ ।
सरकारले वैशाख १७ गतेसम्म ६३.९६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । यो वर्ष राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड सङ्कलन गर्ने सरकारको लक्ष्य हो । सरकारको बजेटको प्रमुख स्रोत राजस्व नै हो ।