भर्सटायल बहुभाषिक गायिका सुनुवारको नेवारी भाषामा दम्दार प्रस्तुती
-राजु बिक्रम चाम्लिङ
संगित कला स्रव्यदृष्य मनोरञ्जनको मात्र साधन नभएर मानविय साँस्कृतिक पहिचान पनि हो । मानव जन्मिए पश्चात मानविय पहिचान दिलाउनलाई भाषा र संस्कृतिको उत्तिकै महत्व त हुन्छ नै, अझ मानवलाई हरेक समय, हरेक क्षण शान्ति, खुशी, रमाइलो प्रदान गर्न साँगितिक माहोलको आवश्यकता पर्दछ । यसकारण गीत संगित मानव र मानवीय समाजको अपरिहार्य वस्तु मानिन्छ ।
यही सांगितिक क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखर चुम्न सफल युवा गायिका तथा भर्सटायल बहुभाषिक गायिक पुजा सुनुवारले नेवारी समूदायहरुलाई नेवारी गीतले भरपुर मनोरञ्जन दिन भ्याइन । गायिकाले विभिन्न भाषाका गितहरुमा आफ्नो प्रस्तुती दिंदै आएको यो प्रथम भने होइन ।
सांगितीक माहोल सृजना गर्ने क्षमता भएकी गायिका देशविदेशमा मनोरञ्जन दिन भ्याई नभ्याई छिन् । आफ्नो भाषामा मात्र होइन अन्य समूदायहरुको भाषामा समेत गीत पस्कन सिपालु गायिका प्रस्तुतीको शैलीले अझ श्रोताहरुको मन सजिलै जित्न सफल हुन्छिन ।
आजको विश्व समाजमा ७००० भाषाहरु छन् । त्यसमा २७०० भाषाहरु हराउन लागेको अवस्था छ । यदी यी ७००० वटै भाषाहरुमा गीतसंगीत भएको भए निश्चय नै ती भाषाहरु लोप हुने अवस्था वा हुनुपर्ने अवस्था थिएन ।
कुनै जाति वा समूदायको भाषा लोप हुनु भनेको उसको पहिचान नै नास हुनु हो । भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राईको अनुसार कुनै मानिसको पहिचान निमिट्यान्न गर्न सर्वप्रथम उसको भाषालाई लोप गराए त्यो समूदाय नै लोप भएर जानेछ । विश्वमा ५००० बढी संस्कृतिहरु छन्, तर लोप ती सँस्कृतिहरु पनि लोप हुने अवस्थामा छ ।
यदी गायिका सुनुवार जस्ता गायिकाहरुले बहुभाषिक रुपमा र बहुसाँस्कृतिक रुपमा गीतसंगीत पस्कन हिमत गरे निश्चय नै यो विश्व समाजको भाषा र सँस्कृति पनि रहिरहने थियो । आगामी दिनहरुमा यसरी नै थप अन्य भाषाहरुमा पनि आफ्नो गीतसंगीत भर्न र श्रोताहरुको मन जित्न सकिरहुन्, गायिका सुनवारलाई अग्रिम शुभकामना छ ।