अचानक भएको दोहोरो भिडन्तमा माओवादी कमाण्डर मारिए

काठमाडौं । प्रहरी र माओवादीबीचको अचानक दोहोरो भिडण्त भएको छ । भिडन्तमा एकजना माओवादी कमान्डर मारिएका बताइएको छ । केही दिन पहिले भारतीय जनता पार्टी (भाजपा) विधायक भीमा मन्डावीको हत्या आरोपी नक्सली मुयाको आज ज्यान गएको हो ।
उनीमाथि ८ लाख भारुको इनाम राखिएको थियो । मन्डावीको ९ अप्रील राजमार्गमा जाँदै गर्दा बिच सडकमा बम विष्फोट गराइएको थियो । यस माओवादी आक्रमणमा विधायक उनका चालकको ज्यान गएको थियो ।
यो सँगै अन्य तीन जना सुरक्षाकर्मीको पनि ज्यान गएको थियो । दन्तेवाड़ा एसपी अभिषेक पल्लवले माओवादी कमान्डर मुया मारिएको कुराको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार बुधवार (हिजो) राति डीआरजी (डिस्ट्रिक्ट रिजर्व ग्रुप), किरन्दुललाई गुमियापाल, मड़कामीरासको जंगलमा माओवादी लुकेर बसेको विशेष सुचनाको आधारमा आज खोजिकार्य तिव्र बनाइएको हो ।
आज बिहान खोज्दै जाने क्रममा दुई पक्षबिच गोलि चलेको थियो जसमा मुया मारिएका हुन् । उनको शव बरामद गरिएको छ । उनको साथबाट राइफल र छ कारतूस पनि पाइएको प्रहरीले जनाएको छ ।
मुया मलनगिर क्षेत्रमा माओवादी लामो समयदेखि सक्रिय भएर लागेका छन् । श्यामागिरी विष्फोटसँगै चोलनार विष्फोटमा पनि मुया संलग्न भएका थिए । भास्कर