Logo

नेपालमा पहिलो पटक बर्डफ्लुबाट मानिसको मृत्यु भएको पुष्टि : सरकारको निगरानी के ?


नेपालमा पहिलो पटक बर्डफ्लुको संक्रमणबाट मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै बर्डफ्लुको संक्रमणका कारण नेपालमा पहिलो पटक एक युवकको मृत्यु भएको जनाएको हो ।

उनको चैत १५ गते मृत्यु भए पनि वैशाख १७ गते मात्र बर्डफ्लु भएको पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भाइरसको यकिन गर्न सम्भव नभएपछि डब्लुएचओ कोलाबरेट सेन्टर फर इन्फ्लुइन्जा जापानमा पठाइएको थियो ।

२१ वर्षीय ती युवकमा ज्वरो र खोकीको लक्षण देखिएको थियो । बिरामीको नमूना परीक्षणबाट इन्फ्लुइन्जा एच फाइभ एन वान भएको देखिएको मन्त्रालयले जनाएको छ ।

सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार २००३ देखि हालसम्म विश्वभर ८ सय ६० व्यक्तिमा यसको संक्रमण पाइएको छ । मानिसमा यस भाइरसको संक्रमण हुँदा आधा जति बिरामीहरु अर्थात ४ सय ५४ जनाको मृत्यु भएको संगठनको तथ्यांक छ ।

बर्डफ्लुको संक्रमण फैलन नदिन निगरानी बढाउनुका साथै विस्तृत अध्ययन थालिने मन्त्रालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्