Logo

कवि डि. अनुरागीको कविता सङ्ग्रह सार्वजनिक


वैशाख । युवा कवि डि. अनुरागीको कविता सङ्ग्रह ‘विसङ्गतिका धारले रेटिएका फूलहरु’ सार्वजनिक भएको छ। खोटाङ जिल्लाको बुईपामा जन्मिएका कवि अनुरागीको यो पहिलो कविता कृति हो।

रावासावा प्राज्ञिक समाजले आयोजना गरेको सङ्ग्रह विमोचन कार्यक्रममा श्री चम्पावती उमावि बुईपाका पूर्वशिक्षक तथा अग्रज साहित्यकार शुभसेर राईले कवि अनुरागीलाई बधाई दिए। प्रमुख अतिथि रहेका राईले कविको कविता यथार्थतामा आधारित दस्तावेज भएको बताएका छन्।

यस्तै कार्यक्रमका विशेष अतिथि अग्रज कवि जसराज किरातीले कविको आगामी दिनको बाटो फराकिलो भएको बताए। यो एक महान यात्रामा निस्किने आँट गरेकामा उनले कविको प्रशंसा समेत गरे। नातामा आफ्नो सहोदर भदा रहेको समेत बताउँदै किरातीले भने, ‘ तर उसले कविता लेख्छ भन्ने कहिल्यै थाहा पाईन।’

कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पस खोटाङका पूर्वक्याम्पस प्रमुख डाक्टर शुकराज राईले कवि अनुरागीको कविताले विसङ्गतिका भावहरुलाई मुखरित गरेको बताए । उनले कार्यक्रममा फरक प्रसङ्ग राख्दै रावासावा प्राज्ञिक समाजलाई सबैले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले यस्तो संस्थालाई उपयोग मात्र गर्न खोजिने तर सहयोग चाहिँ नगर्ने हो भने संस्था जीवित रहन गाह्रो हुने बताए ।

सिङ्गो कविता कृतिको समालोचना गर्दै कवि तथा लेखक भागवत आचार्यले कविको कवित्वका बारेमा टिप्पणी गरेका छन्। उनले कविको लेखनलाई हेर्दा परिपक्वता देखिए पनि पूरा भने हुन नसके जस्तो लाग्ने बताए। ‘केही राम्रा छन्। केही सुधार गर्न जरुरी छ’ उनको भनाई थियो।

यसै गरी विमोचन कार्यक्रमकै अवसरमा रावासावा प्राज्ञिक समाजको आजीवन सदस्यता लिने घोषणा समेत गरिएको छ। कवि धनध्वज राई, डि. अनुरागी, डा. सुकराज राई, कवि जसराज किराँती, कवि तथा अग्रज व्यक्तित्व शुभसेर राई, कवि तथा साहित्यकार भागवत आचार्य, युवा कवि गोपाल राई, प्राध्यापक तथा कवि टीका श्रेष्ठले आजीवन सदस्यता लिने घोषणा गरेका छन् ।

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष डा. धनप्रसाद सुवेदीले गरेका थिए भने संचालन महासचिव चन्द्र रानाहँछाले गरेका हुन्। कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि तथा साहित्यानुरागीहरुको व्यापक उपस्थिति रहेको थियो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्