Logo

फोरम र नयाँ शक्तिको एकतामा नयाँ ‘ट्वीस्ट’ : आकस्मिक महन्थ ठाकुरको आगमन


काठमाडौं । संघिय समाजबादी फोरम र नयाँ शक्तिबीचको एकतामा नयाँँ ‘ट्वीस्ट’ देखा परेको छ ।

फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले २३ माघमा पार्टी एकीकरणको मिति तय गरिसकेका थिए । तर राजपा अध्यक्ष मण्डलका प्रभावशाली नेता महन्थ ठाकुर विहीबार नयाँ शक्तिको पार्टी कार्यालयमा पुगेपछि एकतामा नयाँ ट्वीस्ट आएको हो ।

विहीबार दिउँसो भट्टराई र यादव एकताको खाका बनाउन बबरमहलस्थित नयाँ शक्तिको कार्यालयमा पुगेका थिए । त्यही बेला आकस्मिक ठाकुर पनि नयाँ शक्तिको कार्यालयामा पुगे । दुई पार्टीको मात्र हुने भनिएको एकतामा राजपा पनि थपिएको छ । तीन पार्टीको एकता गर्ने बिषयमा छलफल तीन नेताबीच छलफल भएको स्रोतले बताएको छ ।

तीन पार्टीको एकता गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्नेमा भट्टराई, यादव र ठाकुर सहमत भइसकेका छन् । तर प्राविधिक कारणले उनीहरुको एकता हुन सकेको थिएन ।

‘त्यही प्राविधिक कारणमा छलफल गर्न तीन नेता गोप्यरुपमा बस्नु भएको हो’ नयाँ शक्तिका एक नेताले भने ‘नयाँ शक्ति र फोरमबीच एकताका सवै काम टुंगिसकेका थिए तर राजपा पनि आउने भएपछि थप छलफल भएको हो ।’

भट्टराई, यादव र ठाकुरबीच करिव ३ घण्टा गोप्य छलफल भएको छ । छलफललाई भोली र पर्सिसम्म निरन्तरता दिन सहमति पनि भएको छ । २३ बैशाखमै तीन पार्टीबीच एकता गर्ने गरी छलफल केन्द्रीत भएको नेताहरुले बताएका छन् ।

राजपालाई एकताका लागि फोरम नेपालले पहिले नै पत्राचार गरेको थियो । तर राजपाले सरकारमा रहेको फोरमसँग बार्ता नहुँने भन्दै अस्वीकार गरेको थियो । पार्टी एकता गर्न र वार्तामा बस्न सरकार छाड्नु पर्ने अडान राखेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्