Logo

विश्वविद्यालयका उपकुलपतिमाथि अमानवीय व्यवहार गर्नेमाथि कारवाहीको माग


काठमाडौ । पोखरा विश्वविद्यालयले उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मामाथि अमानवीय व्यवहार गर्नेमाथि कारवाहीको माग गरेको छ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्मालाई विद्यार्थीहरुको एउटा समूहले मंगलबार दिउसो ३ बजे काठमाडौँको चोभारको मञ्जुश्री पार्क नजिकै मोसो दलेको थियो ।

विश्वविद्यालयले यस्तो अमानवीय व्यवहारले सिंगो विश्वविद्यालय र शैक्षिक क्षेत्रको अपमान र मानमर्दन भएको ले जनाएको छ । यस घटनामा संलग्न व्यक्तिहरुको पहिचन गरि दोषी माथि कारबाही गर्न पनि विश्वविद्यालयले नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।

पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ (ओपेन)ले पनि यस घटनाको भत्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्