सन्दिपको टिम दिल्ली क्यापिटल्स चेन्नई सुपर किङ्ससँग किन हार्यो ? यसकारण हेर्नुस
एजेन्सी-बुधबार भएको खेलमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ। जितसँगै चेन्नई पुनः लिगको पहिलो स्थानमा पुगेको छ।
सुरेश रैना(५९), लेग स्पिनर इमरान ताहिर(१२-४) र कप्तान महेन्द्र सिंह धोनी(अविजित ४४) चेन्नईको जितका नायक बने। रैना र धोनीको पारीमा चेन्नईले ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो।
त्यसपछि जवाफी ब्याटिङमा आएको दिल्लीले १६.२ ओभरमा अलआउट हुँदै ९९ रनमा सिमित भएपछि चेन्नई विजयी बन्यो।चेन्नईका लागि सुरेश रैनाले ३७ बलमा ५९ रन बनाए भने फाफ डुप्लेसिसले ४१ बलमा ३९ रन बनाउँदै दोश्रो विकेटका लागि ८३ रनको साझेदारी गरे।
यस्तै धोनीले २२ बलमा ४ चौका तथा ३ छक्काको सहयोगमा नटआउट ४४ रन बनाउँदै चेन्नईलाई बलियो स्कोरमा पुर्याएका थिए। रविन्द्र जडेजाले १० बलमा २५ रन जोडे। हिजोको खेलमा चेन्नईले अन्तिम ६ ओभरमा ९१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा आएको दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ३१ बलमा ४४ रन र शिखर धवनले १३ बलमा १९ रन जोड्नुबाहेक उसका अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।चेन्नईका लागि स्पिनर ताहिरले १२ रनमा ४ विकेट लिए भने बायाँ हाते स्पिनर जडेजाले ९ रन दिदैं ३ विकेट झारे।
स्पिनर हरभजन सिंह र तीब्र बलर दीपक चाहरले १-१ विकेट लिए। यस्तै धोनीले एक क्याच गर्नुका अलावा दुई वटा शानदार स्टम्प गरे। जितसँगै चेन्नईले १३ म्याचमा ९ खेल जित हासिल गर्दै १८ अंख जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ।यस्तै दिल्ली १६ अंकसहित दोश्रो स्थानमा झरेको छ। दुबै टोली प्लेअफमा पुगिसकेका छन्।
हिजोको खेलमा नेपालका सन्दीप लामिछानेलाई सुरूमा अन्तिम ११ मा राकिएको बताइए पनि म्याच अगाडी उनलाई हटाइयो।ठूलो लक्ष्य पछ्याउन आएको दिल्लीले हिजोको खेलमा सुरूबाट नै आफ्नो विकेट गुमाउने सिलसिला सुरू गर्यो।
पृथ्वी साव मात्र ४ रनमा आउट भए। अर्का ब्याट्सम्यान पावरप्लेमा पेवेलियन फर्किए भने ऋषभ पन्त ५ रनमा आउट भए। एकातीर विकेटहरू झरिरहँदा अर्कोतर्फ भने अय्यरले आफ्नो शानदार फमलाई जारी राखे।
जडेंजाले कोलिन इन्ग्रामलाई आउट गरे भने अक्षर पटेल ९ रनको व्यक्तिगत स्कोरमा आउट भए। यसै ओभरमा शरफन रदरफोर्ड पनि मात्र २ रनको योगफलमा पेभेलियन फर्किए।त्यसपछि धोनीले क्रिस मौरिस र अय्यरलाई स्टम्प आउट गरे र चेन्नईका लागि फराकिलो जित सुनिश्चित गरे।