Logo

फिल्म ‘छ माया छपक्कै’को औपचारिक निर्माण घोषणा


फिल्म ‘छ माया छपक्कै’ को औपचारिक निर्माण घोषणा भएको छ। निर्माण युनिटले काठमाडौंको होटल सोल्टीमा मंगलबार कार्यक्रम गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।

दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा कलाकारहरु केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललगायतको अभिनय रहने छ।

निर्माण युनिटले करिब ५ मिनेट लामो रमाइलो प्रहसनका फिल्मको शुभमुहुरत गरेको हो।शहरमा हुर्किएकी युवती र सोझो गाँउले युवकबीचको प्रेमकथालाई प्रस्तुत गरिएको उक्त प्रहसनले फिल्मको कथालाई प्रष्ट्याएको बुझ्न सकिन्थ्यो।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतिमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ। निर्माण युनिटका अनुसार प्रदर्शनपश्चात् लगानीकर्ता अधिकारीको लागत सुरक्षित भएपछि मात्र त्यसको ५० प्रतिशत मुनाफा दीपक-दीपाको टिमले प्राप्त गर्ने छन्।

फिल्म यही जेठको पहिलो साताबाट छायांकनका लागि फ्लोरमा जाने छ।हरि हुमागाईंको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा दीपक शर्माको संगीत तथा कविराज गहतराजको कोरियाग्राफी रहने छ।फिल्मलाई विपिन मल्लले सम्पादन गर्नेछन्।

निर्देशक दीपेन्द्र लामाको कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा तथा दीपकराजसहित केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद रहने छ। फिल्म निर्माण युनिट छक्का पन्जा ब्रान्डबाट भएपनि ‘छ मायाँ छपक्कै’ विल्कुलै फरक कथामा निमार्ण हुन लागेको निर्देशक लामाको भनाई छ।
-नेपाल लाइभ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्