Logo

मालिकलाई बचाउन गोमन साँपसित लड्दा यसरी मर्यो कुकुर


एजेन्सी– कुकुरको बफादारिताका कथाहरू हामीले धेरैपटक सुनेका अनि पढेका छौं । मालिकका लागि कुकुरले बलिदान दिएको घटना प्रायः सार्वजनिक भइरहेको हुन्छ ।

भारतको तमिलनाडु राज्यको तंजावुरमा यस्तै घटना सार्वजनिक भएको छ । नटराजन नामक एक किसानको जम्काभेट पाँच फीट लामो गोमन साँपसँग भयो । नटराजनले केही गर्नुअघि नै उनीसँग रहेको कुकुरले सर्पमाथि आक्रमण गरेर मालिकको ज्यान बचायो ।

नटराजनको कुकुरको नाम पप्पी थियो । कुकुर उनीसँगै खेतहरूमा पुग्थ्यो । नटराजनले खेतमा काम गरिरहँदा झाडीभित्रबाट पाँच फीट लामो गोमन साँप आयो ।

साँप देखेपछि नटराजन एकछिन स्तब्ध भए । सर्पले फणा उचालिसकेको थियो । फणा उठाएको सर्प देखेपछि पप्पीले उसलाई झम्टियो ।
सर्प र कुकुरबीच भयंकर लडाईं भयो । त्यसबीचमा नटराजन लठ्ठी लिन घरतिर दौडिए । कुकुरले सर्पको फणा नै टोकिदियो र हेर्दाहेर्दै सर्प मारियो ।

नटराजन लट्ठी लिएर आइपुग्दा सर्प मरेको र रक्तरञ्जित अवस्थामा रहेको देखे । त्यो देखेपछि नटराजन भावुक भए अनि कुकुरलाई अँगालो हाले । तर केही क्षणपछि नै कुकुरको स्वास्थ्य बिग्रियो र उसको पनि मृत्यु भयो ।

कुकुरको मृत शरीरलाई अँगालो हालेर नटराजन बेस्सी रोए । कुकुर नभएको भए आफ्नो ज्यान जाने उनले बताए ।

मालिकका लागि कुकुरको यो बलिदानको चर्चा अहिले तंजावुरमा खुबै हुने गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्