गायिका जेनी खालिङ र गायक रामकृष्ण श्रेष्ठको ‘रसिलो त्यो मायाको बोलीमा’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं । ‘रसिलो त्यो मायाको बोलमा’ बोलको गीत सार्वजनिक भएको छ ।
गायिका जेनी खालिङ र गायक रामकृष्ण श्रेष्ठको स्वरमा रहेको उक्त गीत डि.पी. परिश्रमीले शब्द रचना गरेका हुन् भने संगीतकार दीपक शर्माले संगीत भरेका छन् ।
आधुनिक लोक बेसमा रहेको म्यूजिक भिडियोसहितको उक्त गीत ओएसआर डिजिटलमार्फत यूट्युबमा भिडियो सार्बजनिक गरेको हो ।
उक्त गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गर्नुभएको छ ।
अत्यन्तै मनोरञ्जनात्मक दृश्यहरु समावेश गरिएको म्यूजिक भिडियोमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाउने छन् ।