Logo

नेकपामा चराम असन्तुष्टी : जनवर्गीय संगठनको भागबन्डामा सहमति हुन सकेन


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरण प्रक्रिया फेरि लम्बिएको छ । केही दिनमै सम्पन्न गर्ने भनिएको एकीकरणका बाँकी काम टुङ्ग्याउन नेताहरुलाई हम्मेहम्मे परेको छ ।

जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको एक वर्ष पुग्दैछ । त्यसअघि एकीकरणका सबै काम टुङ्ग्याउनुपर्ने दबाब नेताहरुलाई छ ।

स्रोतका अनुसार पोलिटव्युरो गठन, जनवर्गीय संगठनबारे आ–आफ्नो ढङ्गले प्रधानमन्त्री ओली र प्रचण्डले प्रस्ताव तयार गरेका छन् । २१ जनवर्गीय संगठनमध्ये मुख्य त विद्यार्थी, यूवा, महिला र मजदुरमा दुवै पक्षका आ–आफ्नै दावी छन् ।

 

पूर्व माओवादीले विद्यार्थी, मजदुर, महिला र युवामध्ये दुई लिने अडानमा छ । तर, स्रोतका अनुसार प्रधानमन्त्री ओलीले चार वटै संगठनमा आफ्नो दावी छोडेका छैनन् । युवा र विधार्थीमा मध्ये एक साथै मजदुर र महिला संगठनमध्ये एकमा पूर्व माओवादीको पनि दावी कायमै छ । जसले गर्दा दुई अध्यक्षबीचमै सहमति हुन सकेको छैन ।

त्यसबाहेक वरिष्ठ नेता नेपाललाई पनि सहमतिमा ल्याउन दुई अध्यक्षले गृहकार्य गरेका छन् । नेता नेपाल फर्कियलगत्तै त्रीपक्षीय छलफल पछि एकीकरणको प्रस्ताव सचिवालय बैठकमा पेश गर्ने तयारी अध्यक्षद्वयको छ । तर, जनवर्गीय संगठनमै कुरा नमिलिसकेको कारण केन्द्रीय तहमा रहने विभाग गठन लगाएतका अन्य कामबारे नेताहरु छलफलमा प्रवेशनै गरेका छैनन् ।

त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतो एक बर्ष पुग्नैलाग्दा नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्यो । त्यसबाहेक अरु महत्त्वपूर्ण मानिएको जनवर्गीय संगठनको एकीकरण र ४४१ केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याउन धेरै सकस परेको छ ।

त्यस्तै विधान, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय तहमा रहने विभागहरुको गठन पनि हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने काम पनि सकिएको छैन ।

यो बीचमा नेकपाले दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा पौडेल र श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठन र ७७ जिल्ला अध्यक्ष र सचिव टुंगाएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्