Logo

हामी समाजवादी कित्तातिर हो-दाहाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले श्रमिकको हक सुनिश्चित गर्दै समाजवादको आधार निर्माण गर्ने बताएका छन्।

बुधबार १३० औं मजदूर दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो छुट्याएर अघि बढ्न सक्नुपर्नेमा जोड दिए।

‘हात उठाएर भन्नुपर्‍यो समाजवादी कित्तामा हो कि पुँजीवादी?,’ दाहालले भने, ‘हामी समाजवादी हौं। पुँजीवादी कित्तासँग एकता गरेर शक्ति र तागत हुँदैन।’

पुँजीवादीसँग समन्वय गर्दै हातेमालो गर्ने हो भने आचरण, संगठन मजदूरको हितमा नहुने उनको भनाइ छ।

समाजवादी कि पुँजीवादी कता जाने हो बहस हुनुपर्ने उनले बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्