Logo

छेस्काममा ‘एभरेष्ट मेरा फाउण्डेशन’द्वारा २ स्वास्थ्यकर्मीलाई सम्मान


सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको छेस्काममा एभरेष्ट मेरा फाउण्डेशनले २ स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

५ वर्षसम्म छेस्काम स्वास्थ्य चौकीमा अनवरत सेवा गरेबापत फाउण्डेशनले २ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।

सम्मान हुने स्वास्थ्यकर्मीमा नरेन्द्रबहादुर थ्यात र हिरामनी रोक्का छन् । ईमान्दारी र लगनशिलताका साथ ५ वर्षसम्म निरन्तर खटेर महाकुलुङमा सेवा गरेकोले सम्मान स्वरुप विदाई गरिएको एभरेष्ट मेरा फाउण्डेशनका अध्यक्ष दिलिपसिंह कुलुङले बताए ।

सम्मानित दुवै जनालाई वडा अध्यक्ष डेकबहादुर राईले प्रमाणपत्र वितरण गरेका थिए । स्थानीयबासी, विद्यार्थी तथा बुद्धि जिवीहरुले फूलको माला र खदा लगाएर सम्मान गरेका थिए ।

सम्मानपछि भावुक हुदै आफ्नो कार्यकालको मूल्याङ्कन गर्दै आफूहरुलाई सम्मान गरेर कहिल्यै भुल्न नसक्ने ऋण लगाएको नरेन्द्र थ्यातले बताए ।

‘आफूहरु जहा गएपनि यो ठाउँ र यहाँको स्थानीयहरुको अपार मायालाई बिर्सन सक्दिन’ स्वास्थ्यकर्मी थ्यातले भने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्