काठमाडौं। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने “मुन्द्रेको कमेडी क्लब” हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।
दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
