Logo

११ विद्यार्थी संगठन सडकमा कडा आन्दोलन : माग पुरा नभए सरकार ढाल्ने चेतावनी


काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले आज (मंगलबार) काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले निजी विद्यालय र कलेजमा भएको चर्को शुल्कवृद्धि घटाउनुपर्ने, माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने, देशमा बढेको हत्या, हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

विद्यालयहरुमा मनपरि शुल्कवृद्धि हुँदासमेत सरकार मौन बसेको भन्दै उनीहरुले देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप लगाए ।

माइतीघर मन्डलादेखि नयाँबानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका विद्यार्थीहरुले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले भने ” बर्तमान केपी ओलि नेतृत्वको सरकारले भ्रष्टाचार, सामाजिक असुरक्षा, देश बिखण्ड्न गर्ने षड्यन्त्र, नेपाल लाई फिजिकरण गर्ने गरि नक्कली नागरिकता बितरण जस्ता दर्जनौं बिकृती हरुले भरिएको हुनाले हामी सरकार विरुद्ध शस्कत ढंगले अगाडि बढेका छौ, भोलि हजारौं युबाहरु सडकमा ओर्लिने गरि हामीले व्यापक तयारी गरेका छौ ।”

उनले अगाडि थपे “शिक्षामा भएको माफियाकरण र निजीकरणको अन्त्य नभए सम्म हामी यसरी नै आन्दोलनलाई निरन्तरता दिने छौ ।”

विद्यालयहरुमा मनपरि शुल्कवृद्धि हुँदासमेत सरकार मौन बसेको भन्दै उनीहरुले देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप लगाए । अबको दिनमा भने जस्तो नभए सरकार ढाल्ने समेत चेतावनी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्