Logo

कैलालीमा स्थिति तनावग्रस्त : दर्जनौँ सेल अश्रुग्यास प्रहार, स्थानीय र प्रहरी घाइते


कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कि बजारमा ट्रकको ठक्करबाट १९ वर्षीया युवती सुनिता रावलको मृत्यु भएपछि स्थानीयले चर्काे प्रदर्शन गरेका छन् ।

स्थिति निकै तनावग्रस्त भएपछि प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले प्रहरीमाथि ढुंगमामुडा प्रहार गरेर घाइते बनाएका छन् । उता प्रहरीकाे बल प्रयाेगबाट केही सर्वसाधारणसमेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी एवं सशस्त्र प्रहरीबलसमेत खटिएको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा १९ वर्षीया सुनिता रावलको मृत्यु भएको हो ।

मंगलबार कलेजबाट पढाई सकेर घर फर्कदै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हाे ।

ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानीयहरुले ट्रकमा तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् । स्थिति अहिले पनि तनावपुर्ण नै रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्