मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटिएको भारतीय सैनिकको दाबी

नयाँ दिल्ली: भारतीय सेनाले मकालु वरुण राष्ट्रिय निकुञ्जमा ‘यति’ को पाइला भेटिएको भन्दै तस्विर सहितको विवरण ट्वीट गरेपछि सामाजिक संजालमा त्यसको चर्चा भइरहेको छ। मानिसहरुले भारतीय सेनाको उक्त दाबीलाई ठट्टा र अन्धविश्वासको संज्ञा दिएका छन्। ‘यति’ विशेषगरी दक्षिण एसियाका लोककथाहरुमा हिम मानव भएको विश्वास गरिन्छ। हिमाली क्षेत्रमा बस्ने मानिसहरुले आफूहरुले यति देखेको दाबी गरेता पनि हालसम्म यतिको तस्विरहरु सार्वजनिक भएका छैनन्। भारतीय सेनाले लोक कथाकै उदाहरण दिँदै यतिको पाइलाको तस्विर सार्वजनिक गरेको हो।
यस्तै सेनाले यति यसअघि मकालु वरुण निकुञ्जमा मात्रै देखा पर्ने गरेको दाबीसमेत गरेको छ। अप्रिल ९ मा भेटिएका पाइलाका तस्विर पुराना तथ्यहरुको जाँच गरी अहिले सार्वजनिक गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। तर, भारतीय समाजिक संजाल प्रयोगकर्ताहरुले भने सेनाको दाबीलाई ठट्टाका रुपमा व्याख्या गरेका छन्। नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी भारतीय सेनाले गरेको हो। आफ्नो पर्वतारोहण टिमले यतिको पदचिन्ह देखेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो ।
विभागको आधिकारिक ट्वीटर ह्यान्डलमा पाइलाको ३ तस्वीरहरु पनि पोष्ट गरिएको छ । भने १ पर्बतारोहणमा सहभागी टोलिको तस्बिर पोस्ट गरेको छ । भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । ‘यति’ को पदचिन्हको लम्बाई २.६ फिट रहेको उसले जनाएको छ । फुटस्टेप भन्नाले सामान्य हिँडाईमा दुई वटा पदचिन्हबीचको दुरीलाई जनाउँछ । एउटा वयस्क व्यक्तिको फुटस्टेप औसत २.५ फिट हुन्छ । भारतीय सेनाको दाबी छ, मकालु-बरुण राष्ट्रिय निकुञ्जमा यति देखिएको थियो ।
यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ । सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।