Logo

सगरमाथा सफाईले सार्थकता पाउँदै : २ करोड ३६ लाख रुपैयाँ सहयोग रकम संकलन


 नेपाल सरकारले अघि बढाएको सगरमाथो सरसरफाइ अभियानका लागि आवश्यकताअनुरुपको रकम सहयोग गर्ने प्रतिबद्धता आइसकेको छ ।  विभिन्न निकाय तथा संघ–संस्थाबाट अहिलेसम्म २ करोड ३६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आएको र रकम संकलन गर्ने काम जारी रहेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनुभयो ।

पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघलगायतको संयुक्त पहलमा सगरमाथा सफाइ अभियान सञ्चालन गरिएको हो । सूचना प्रवाह समितिका संयोजकसमेत रहनुभएका विभागका महानिर्देशक घिमिरेका अनुसार सगरमाथा सफाइको लागि वन तथा वातावरण मन्त्रालयले ५० लाख, कोकाकोलाले ५० लाख, खुम्बु पासाङल्हामु गाउँपालिकाले ३० लाख, नेपाल पर्यटन बोर्डले ३० लाख, प्रदेश नम्बर १ ले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषले २० लाख, नेपाल पर्वतारोहण संघ (एनएमए)ले २० लाख, एनएमबी बैंकले १० लाख, भ्रमण वर्ष २०२० ले १० लाख, नविल बैंकले ५ लाख, प्रभु बैंकले ५ लाख, तारा एयरले ५ लाख र पर्यटन विभागले २ लाख रुपैयाँ आर्थिक सयोग गरेको छ ।

सरकारी कार्यालयबाट जम्मा भएको रकम खुम्बु पासाङल्हामु गाउँपालिकाको खातामा र अन्य संघ/संस्थाको रकम भने सगरमाथा प्रदुषण नियन्त्रण समितिको खातामा जम्मा गरिने घिमिरेले बताउनुभयो । आर्थिक पारदर्शीताका लागि सबै रकम सरकारी खातामै हाल्नुपर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा महानिर्देशक घिमिरेले काम गर्नका लागि व्यवहारिक रुपमा सहज होस् भनेर संघसंस्थाबाट संकलित रकम समितिको खातामार्फत कारोबार गर्ने निर्णय भएको बताउनुभयो ।

सगरमाथा सफाइका लागि २ करोड ३२ लाख १६ हजार ३ सय ७ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सफाई अभियानमा रकम धेरै छुट्टै समिति बनाएर समितिको खातामा राखिने छ ।

सफाई अभियान यसरी हुँदैछ

सगरमाथाको सफाइमा १२ जना अनुभवी शेर्पाहरु सहभागि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । सगरमाथा क्षेत्रको सफाइ र उद्धारमा संलग्न भएका अनुभवी १२ जना शेर्पाहरुले बेस क्याम्पदेखि साउथकोलसम्मको फोहोर संकलन गरिरहेको जनाइएको छ ।

पर्यटन विभागका अनुसार क्याम्प २ मा ८ जना शेर्पाहरु सरसफाइमा सक्रिय छन् भने तीमध्ये तीन जना तलमाथि गर्ने र साउथकोलमा बसी फोहोर संकलन गर्ने योजनाका साथ १२ जना शेर्पा परिचालन भएका छन् । उनीहरुले फोहोरदेखि मानिसको शवसमेत संकलनमा सक्रिय छन् । सफाइको क्रममा हालसम्म ४ शव भेटिएका छन् ।

हालसम्म ३ हजार किलो फोहोर संकलन गरिएको छ । संकलित फोहोरमध्ये १ हजार किलो फोहोर काठमाडौं ल्याइएको छ भने २ हजार फोहोर ओखलढुंगामा राख्ने तयारी भएको छ । नेपाली सेनाको एम आई १७ हेलिकोप्टरले सगरमाथा क्षेत्रबाट उक्त फोहोर उठाएको हो ।

१० हजार किलो फोहर संकलन गर्ने लक्ष्य
बैशाख १ गतेदेखि सुरुवात भएको यो अभियानबाट लुक्ला क्षेत्रदेखि फोहोर संकलनको सुरुवात गरिएको छ । सफाइ अभियानअन्तर्गत बेस क्याम्प र वरपरबाट करिब ५ हजार किलो, साउथ कोलबाट २ हजार किलो, क्याम्प २ र ३ बाट करिब तीन हजार गरी १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ ।

फोहोर व्यवस्थापन यसरी गरिने छ
सगरमाथाबाट संकलित फोहोरलाई जेठ १५ गते सगरमाथा दिवसको अवसरमा नाँम्चेमा प्रदर्शनी गरी समापन गरिनेछ । त्यस्तै कानुनी रुपमा रिसाइकल गर्न मिल्ने फोहोरलाई काठमाडौं ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसको दिन काठमाडौंमा प्रदर्शनी गरी रिसाइक्लिङ गरिनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्