धमाधम सगरमाथाको आरोहण गर्नेहरुको भीड सुरु

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेहरुको भीड सुरु भएको छ ।
आजको दिनसम्म सबैभन्दा अगाडि जाने आरोहीहरु क्याम्प २ बाट क्याम्प ३ पुग्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभएको छ ।
पर्वतारोहण अभियानका नेता टासी शेर्पाकाअनुसार आइतबार बिहान कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको टोली खुम्बु आइसफल हुँदै आधार शिविरबाट क्याम्प १ का लागि निस्किएको छ ।
कामीरिताले भारतीय सगरमाथा पर्वतारोही टोलीलाई नेतृत्व गर्दैछन्, जसलाई १४ पीक अभियानदलले आयोजना गरेको हो । कामीरिताको सगरमाथा आरोहण यो २३ औं पटक हो ।