छिट्टै रिसाउँछन् यी चार राशी भएका व्यक्तिसँग सावधान रहनुहोस् !

काठमाडौँ, । राशीले हरेक व्यक्तिको जीवनलाई प्राभाव पार्ने गर्छ । प्रत्येक व्यक्तिको फरक फरक राशी रहेको हुन्छ भने ती राशीहरुले छुट्टै परिणाम दिने गर्छ । त्यस्तै राशी अनुसार ब्यक्तिको स्वाभाव पनि छुट्टै छुट्टै रहेको हुन्छ । आज हामी तपाईहरुलाई ज्योतिष शास्त्रले बताएअनुसार रिसाउने मामलामा आगाडी रहेका केही राशीहरुको बारेमा बताउन गइरहेका छौँ ।
मेष राशि : हतपत नरिसाउने यो राशीका मानिसहरु रिसाउन पर्यो भने निकै क्रोधित हुने गर्छन् । यी राशी भएका व्यक्तिहरुको रिस कन्ट्रोल गर्न गाह्रो हुन्छ । उनीहरु आफ्नो अपमान भएको अवस्थामा यी मानिसहरु हिंस्रक बन्ने गर्छन् ।
सिंह राशि : यो राशी भएका व्यक्तिहरु धेरै रिसाउने भएकाले रिस उठेको बेलामा एक्लै बस्न चाहन्छन् । छिट्टै रिसाउने भएकाले यो राशी हुनेहरु मजाक गरेको मन पराउँदैनन् ।
धनु राशि : यो राशी भएका व्यक्तिहरु वास्तबिक रुपमा नै क्रोधित हुने गर्छन् । छिट्टै नरिसाउने यो राशी भएका व्यक्तिहरुलाई रिसाएपछि रिस कन्ट्रोल गर्न नै गाह्रो हुुने गर्छ ।
बृश्चिक राशि : सानो सानो कुरामा पनि रिसाउने यो राशी भएका मानिसहरु क्रोधित देखिने गर्छन् । धेरै क्रोधित देखिने भएकाले यी राशी हुने ब्यक्तिहरुमा धेरै हानी हुने देखिन्छ । बृश्चिक राशी भएका व्यक्तिसँग व्यवहार गर्दा संयमित भएर गर्नुपर्ने हुन्छ ।