Logo

मिस नेसनल आईकनमा देवी मगरले जितिन् २६ लाख मूल्य बराबरको ड्याट्सन कार


काठमाडौ – दोस्रो मिस नेसनल आईकनको विजेता देवी मगर बनेकी छन् । ब्राईट इन्टरटेन्मेण्ट प्रा . ली द्वारा संचालित मिस नेसनल आइकनको विजेता बने संगै देवी मगरले २६ लाख रुपैयाँ मूल्य बराबरको ड्याट्सन कार पाएकी छन् । १३ जना प्रतियोगीहरुले अन्तिम फाईनलमा प्रतिष्पर्धा गरेका थिए ।

नेपालकै सर्वाधिक ठूलो राशि पुरस्कार मध्ये एक मिस नेसनल आइकन सिजन दुईमा मन्जना राईले उप विजेता बन्दै स्कुटि जितिन् । फस्ट रनर अपको टाइटल जितेर सम्वृद्धि कार्कीले रुँ ५० हजार जितिन् भने मुना राईले सेकेण्ड रनर अपको टाइटल जित्दै २० हजार रुपैयाँ जितेकी छन् ।

ब्राईट इन्टरटेन्मेण्ट मिस नेसनल आइकनलाई ड्याटसन कारले प्रायोजन गरेको थियो भने, तारादेवी इन्टरनेसनल युनिसेक्स ब्युटी सलोन, साया कलेक्सन, गाउँले बहु उद्देश्य कृषि सप्लायर्स, रक हाउस क्याफे, बिजय इञ्जिनियरिङ्ग कन्सल्टेन्सी, पाथिभरा ड्राइभिङ्ग सेन्टर, मैनाली ट्रेड कन्सर्न, कुशल फेन्सी सप,पुष्प राई, सुनसरी कन्ट्रक्सन प्रा.ली. लगायतले प्रायोजन गरेका थिए |

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्