ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ती खुल्यो, के चाहिन्छ योग्यता ?

काठमाडौं ।
बेलायती रक्षा मन्त्रालय अन्तरगतको गोर्खा ब्रिगेड एशोसिएशनले नयाँ भर्ना खुलाएको छ । इन्टेक २०२० का लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्सका लागि साढे पाँच सयको लागि भर्ना खुलाएको हो ।
बेलायती सेनाले एक सूचना जारी गर्दै नेपालको धरान र पोखराबाट भर्ती लिइने जानकारी गराएको छ ।ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग बेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा उल्लेख गरिएको छ ।
‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन ।’
कहिले खुल्दैछ भर्ना
गोर्खा भर्ती हुन चाहने नेपाली युवाका लागि धरान र पोखरामा भएकै पटक आवेदन खुल्ने भएको छ । गोर्खा भर्तीका लागि आउँदो मे २७ देखि जुलाई ७ सम्म आवेदन गर्न सकिने सूचनामा जानकारी गराइएको छ ।
बिट्रिस आमी र सिङ्गापुर पुलिसमा कति खुल्दैछ भर्ना ?
बेलायती सेनाले जारी गरेको सूचना अनुसार यो वर्ष ब्रिटिस गोर्खा आर्मीका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट (सिङ्गापुर पुलिस) का लागि १२० नेपाली युवा माग गरिएको छ ।
कति लाग्छ शुल्क ?
गोर्खा भर्तीका नाउँमा हुने आर्थिक चलखेलप्रति सचेत हुन बेलायत सरकारले यसअघि पनि नेपाली युवाहरुलाई सचेत गराउँदै आएको छ । उसले भर्तीको संघारमा युवाहरुबाट कसैले आर्थिक फाइदा लिन नपाउन भनेर सचेत गराएको छ ।
बेलायती सेनाको भर्ती प्रक्रियामा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने दाबी गरिएको छ । कसैले गोर्खा भर्ती लगाई दिने प्रलोभनमा आर्थिक लाभ लिन खोजे जानकारी गराउन समेत सूचनामा आग्रह गरिएको छ ।
नेपालीका लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ना खुलेको छ। वेलायती सेनाद्वारा जारी सूचनाअनुसार यो पटक धरान र पोखराबाट भर्ती लिइने जनाइएको छ।
ब्रिटिश गोर्खा एवं सिंगापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग वेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा जनाइएको छ । ‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन।’
यो वर्ष ब्रिटिश गोर्खाका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसका लागि १२० नेपाली युवा माग गरिएको छ। वेलायती सेनाले व्रिटिश गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ। तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भएकाहरुले छनौटमा जान पाउँछन् । त्यस्तै नयाँ एसइइ ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रडिङ भएको हुनुपर्नेछ। उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्ल्ेख गरिएको छ ।
उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्नेछ। छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ। यसैगरी चश्मा÷कन्ट्याक लेन्स÷लेजर सर्जरी स्वीकार्य हुने छैन।
दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ। अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ। भर्ती प्रक्रियामा दर्ता हुन मेसिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ।