Logo

नेकपा महासचिवका ज्वाइँलक्षित लोकसेवाको विज्ञापन : स्पाइनल सर्जनको विशेष दरबन्दी


स्पाइनल सर्जन नवौँ तहको विशेष दरबन्दी

नेपाल सरकारअन्तर्गत कन्सल्टेन्ट अर्थोपेडिक सर्जन र न्युरो सर्जन दुवै समूहका चिकित्सकले स्पाइनल सर्जरी सेवा दिइरहेको भनाइ चिकित्सकहरूको छ । यस्तो अवस्थामा ट्रमा सेन्टरमा ट्रमा सर्जनकै दरबन्दी थपेर अन्य सेवासँगै यो सेवा पनि दिन सकिने अवस्थामा ‘अस्वाभाविक’ दरबन्दी सिर्जना गरिएकोमा चिकित्सकले आपत्ति जनाएका छन् ।
नेपाल सरकारका स्थायी चिकित्सकले प्रतिस्पर्धा गर्न नपाउने र आन्तरिक प्रतिस्पर्धा नगराई सीधै खुला प्रतिस्पर्धामा दरबन्दी खोलेको भन्दै चिकित्सकले असन्तुष्टि जनाएका हुन् । नेपालमा छुट्टै पढाइ नहुने र हाल अर्थोपेडिक तथा नसासम्बन्धी विशेषज्ञले सेवा दिँदै आएको स्पाइनल विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विष्णु पौडेलका ज्वाइँ डा. गौरवराज ढकाललाई लक्षित गरेर विशेष दरबन्दी सिर्जना गरी त्यसका लागि योग्यतासमेत अस्वाभाविक ढंगले निर्धारण गरी विज्ञापन खोलेको पाइएको छ ।

स्पाइनल सर्जनका लागि अर्थोपेडिक र जनरल सर्जरी दुवैबाट आउन मिल्नेलाई अर्थोपेडिकको उपसमूहमा कसरी राख्न मिल्छ, जब कि स्पाइनल सर्जरी न्युरो सर्जरीअन्तर्गत र अर्थोपेडिकको एउटा ब्रान्चका रूपमा रही सोहीअन्तर्गत सेवा दिइँदै आएको छ, जुन अभ्यास संसारभरि नै छ । ‘सम्बन्धित विषयका विज्ञ र विभागीय प्रमुख न्युरो सर्जन र अर्थोपेडिक सर्जनहरूको राय र भनाइलाई लत्याएर के मेडिकल शिक्षामा एकजनाका लागि कहीँ नभएको क्राइटेरिया र नियम बनाएर सिट निर्धारण गर्न मिल्छ ?’ एक चिकित्सकले प्रश्न गरे ।

लोकसेवा आयोगले अर्गानोग्राममा ट्रमा सेन्टरका लािग कन्सल्टेन्ट स्पाइनल सर्जन, पल्मोनोलोजिस्ट तथा पल्मोनोलोजी, कन्सल्टेन्ट जेनेटिसिस्ट तथा क्लिनिकल जेनिटिक्स, अर्थोप्लास्टी तथा रिकन्स्ट्रक्सन, स्पोट्र्स तथा अर्थोस्कोपिक र फिजियो माक्जिलारी सर्जनको दरबन्दीका लागि एक–एकजना माग गरेको छ ।

‘सीमित १–२ जनाको मात्र शैक्षिक योग्यताका आधारमा यस्तो दरबन्दी सिर्जना गरिएबाट स्पाइनल सर्जरी गरिरहेका चिकित्सकको मनोबलमा गिरावट आउने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूले सरकारले केही व्यक्तिलाई मात्रै मिल्ने योग्यता तोकेर नयाँ दरबन्दी बनाउँदा सरकारी सेवा दिइरहेका चिकित्सकले समेत प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

कर्मचारी समायोजनमा चिकित्सकको समायोजन अवैज्ञानिक भयो भनेर सरकारी चिकित्सक आन्दोलित भइरहेका वेला देशमा कुन विषयमा कति चिकित्सक कहाँ आवश्यक छन् भनी ओएनएम सर्वे नगरी राज्यले नियमविपरीत एक–दुईजनाका लागि मात्र विज्ञापन गरेको छ । एक चिकित्सकले भने, ‘देशभरमा एउटा मात्र सिटमा एकजनालाई मात्र लक्षित गरेर चोरबाटो अपनाइएको छ, जसका कारण देशभरि स्पाइनल सर्जरी गरिरहेका न्युरो सर्जन र अर्थो स्पाइनल सर्जनको मनोबल कसरी उच्च रहन जान्छ ?’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्