Logo

यौन स्वास्थ्य : हस्तमैथुन र स्वप्नदोष के हो ?


प्रजनन र यौन स्वास्थ्य

प्रजनन स्वास्थ्य भनेको हरेक मानीसहरु शारिरीक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन प्रणली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्वन्धित विषयहरुको बारेमा समेत कुरा गर्ने गर्दछ । साथै यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक ब्यक्तिको हुने भएकोले यहाँ युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी केहि विषयहरुमा प्रष्ट्याउने प्रयास गरिएको छ ।

यौन स्वास्थ्य

यौन स्वास्थ्य भन्नाले शारिरीक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ । यसले यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ । यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसा रहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूति गरिन्छ ।

किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ । यति वेला पर्याप्त मात्रामा सही जानकारी भएन भने उनीहरूका जीवनमा धेरै असरहरू (जस्तै; यौनजन्य रोगहरु लाग्ने, बलात्कारतर्फ प्रवृत्त हुने, लागु पदार्थ दुव्र्यसनी बन्ने, पढाइमा कमजोर हुने आदि) पर्न सक्छन् । त्यसैले किशोरावस्थामा चिन्तित बनाउने र समस्या निम्त्याउन सक्ने केही जिज्ञासाहरूलाई समेत यहाँ उल्लेख गरिएको छ ।

किशोर अवस्थामा हुने परिवर्तनहरुः

केटाहरुमा हुने शारिरीक परिवर्तनहरुः शरिर हलक्क बढ्नु, हर्मोनहरुमा परिवर्तन हुनु, लिङ्ग, काखी छातीमा रौ पलाउनु, दारी जुगा आउनु, लिङग तथा अण्डकोषको बृद्धि हुनु, आवाजमा परिवर्तन हुनु, स्वप्नदोष हुनु, स्खलन हुनु, छाती चौडा हुनु ।

केटीहरुमा हुने शारिरीक परिवर्तनहरुः शरीर हलक्क बढ्नु, कम्मरमुनीको भाग बढ्नु र तिघ्रा सोली आकारको हुनु, हर्मोनमा परिवर्तन आउनु, योनी वरीपरी र काखीमुनी रौ आउनु, स्तन बढ्दै जानु, योनीको आकारमा बृद्धि हुनु, आवाज परिवर्तन भई सुरिलो हुदै जानु र महिनावारी हुनु ।

यो प्रकृया स्वभावीक हो । यस्तो परिवर्तनबाट स्वास्थ्यमा कुनै असर गर्दैन ।

हस्तमैथुन

हस्तमैथुन भनेको यौनाङ्गलाई मुसारेर वा घर्षण गरेर यौन आनन्द दिने ब्यवहार हो । यो कुने गलत काम होइन । यसो गर्नाले महिला वा पुरुषलाई कुनै हानी हुदैन । हस्तमैथुन महिला वा पुरुषले गोप्यताको साथ गर्न सक्छन् । यसले समाजमा हुने कैयौ अपराध समेत रोक्ने गर्छ । हस्तमैथुन कुनै कुनै समाजमा अब्यवहारीक तथा नराम्रो मान्ने गरिन्छ । नेपालमा भने यस सम्वन्धी कुनै कानुनहरु छैन ।

स्वप्नदोष

निदाएको बेलामा कामुक सपना देखी निदाएकै समयमा विना यौन सम्पर्क स्खलन हुने गर्दछ । यसैलाई स्वप्नदोष भनीन्छ । यो प्रकृया स्वत हुने गर्दछ । यो केटा केटी दुवैमा हुने गर्छ । पुरुषमा बिर्य बाहिर आउने भएकोले थाह हुन्छ भने महिलाको भने योनी भित्रै स्खलन हुने भएकोले थाह हुदैन । यो मानीसको स्वभावीक प्राकृतिक प्रकृया हो । यसले कुनै स्वास्थ्यमा प्रतिकुल असर गर्दैन । उमेर बढि हुदै जानेक्रममा यो क्रम विस्तारै कम हुदै जान्छ ।

महिनावारी

महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ । पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्