Logo

खुलामञ्च कब्जामा उपमेयर खड्कीकै संलग्नता, तत्काल डाेजर चलाउने मेयर शाक्यको घाेषणा


काठमाडौँ । खुल्लामञ्चमा अतिक्रमण गरेर व्यवसायिक सटरहरु बनाइएको प्रकणमा काठमाडौं महानगरपालिकी उपमेयर हरिप्रभा खड्कीकाे संलग्नता देखिएकाे छ ।

मेयर विद्यासुन्दर शाक्यले अनुगमन गरेर आवश्यक कारबाहीका लागि सिफारिस गर्न चैत २४ गतेकाे नगरसभामै उपमेयर खड्कीलाई निर्देशन दिएका थिए । तर खड्कीले न त खुलामञ्चकाे अनुगमन गरिन नत कुनै प्रतिवेदन नै दिइन ।

झण्डै तीन हप्तासम्म पनि उपमेयर खड्कीले कुनै चासाे नदिएपछि मेयर शाक्यले अब प्रतिवेदन नकुरी डाेजर चलाउने घाेषणा गरेका छन । महानगरपालिका स्राेतका अनुसार उपमेयर खड्कीले जानीजानी खुलामञ्च व्यापारीकाे कब्जामै छाड्न मेयरकाे आदेश पलना नगरेकाे बुझिएकाे छ ।

मेयर शाक्यले यसबीचमा २८ नम्बर वडाध्यक्षले पनि कुनै जानकारी नदिएपछि तीनअघि शिक्षा समितिको बैठकमा उपमेयरलाई साेधेकाे तर उनले कुनै जवाफ नदिएकाे बताए । जब उपमेयरले आफ्नो जिम्मेवारी बिर्सेर कांग्रेस कार्यकर्ताको तहमा मिडियाबाजी तथा राजनीति गर्न थालेपछि दुःख लागेकाे उनले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्