देशको बेरोजगारी दर ११.४ प्रतिशत
काठमाडौं : देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ। नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्।
श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी नौ लाख बेरोजागर रहेको केन्द्रीय तथ्यांक विभागको श्रम शक्ति सर्वेक्षण सन् २०१९ ले जनाएको छ।
अर्थतन्त्रमा रोजगारीको महत्वपूर्ण भूमिका हुन्छ । खास गरी श्रमको रोजगारीले अझ बढी महत्व राख्छ । उत्पादन र वितरणको कार्यमा श्रमको आवश्यकता पर्छ । रोजगार भएर नै एउटा व्यक्तिले आय आर्जन गर्छ भने वस्तु तथा सेवाको उत्पादनमा सहयोग पुग्छ ।
रोजगारीले मानिसको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न सहयोग पुर्याउँछ । श्रम यस्तो शक्ति हो, जसलाई संरक्षण गरेर राख्न सकिँदैन । समयअनुसार काम नगरेमा त्यो त्यसै खेर जान्छ । यसकारण विकसित देशहरूमा रोजगारी सिर्जना र बेरोजगारीलाई नजिकबाट हेर्ने र विश्लेषण गर्ने गरिन्छ ।
नेपालमा भने रोजगारी सिर्जना तथा बेरोजगारीको स्थितिबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन । केही वर्षको अन्तरालमा गरिने श्रम सर्वेक्षण नै रोजगारीसम्बन्धी उपलब्ध तथ्याङ्क हो । यसले गर्दा अर्थतन्त्र कति रोजगारी सिर्जना भयो, कति बेरोजगार छन् भन्ने कुराको यथार्थ जानकारी छैन । वास्तवमा यस्ता तथ्याङ्क मासिक अथवा त्रैमासिक रूपमा आउनुपर्ने हो । श्र