Logo

इन्द्र आर पी र निलीमा थापा मगरको ‘तुसारो’ सार्वजनिक


गायक इन्द्र आर पी   र नेपाल आइडलबाट ‘गोल्डेन माइक’ जितेकी टप ७ मा पर्न सफल निलीमा थापा मगरको स्वरमा सजिएको म्युजिक भिडियो ‘तुसारो’ बिहीबार विशेष कार्यक्रमका बीच अष्ट्रेलियाबाट सार्वजनिक गरियो । इन्द्र आरपी  नेपाल आइडल सिजन २ का ट्यालेन्ट हेड पनि रहेका थिए । नेपाल आइडल सिजन २ का इन्द्र गुरु पनि हुन् । यो गीतमा गुरु चेलीको मिठो स्वर सुन्न सकिन्छ । जुन अहिले बिरलै सुन्न सकिन्छ । अष्ट्रेलियाको ब्रिज्बेनमा रहेको पगोडा क्रियशन प्रडक्शन हाउसको व्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोमा अष्ट्रेलिया– ब्रिज्बेनका चर्चित मोडेल÷नायक मिलन मिश्र र चिरपरिचित नायिका प्रकृति श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ।

नायक मिलनले अहिलेसम्म थुप्रै नेपाली लघु चलचित्र र चर्चित नेपाली गायकको गीतमा अभिनय गरिसकेका छन् र नेपाली सिनेमा जगतमा आफ्नो स्थान बनाउन धेरै संघर्ष गरिरहेका छन् ।  यो म्युजिक भिडियोका सम्पूर्ण दृश्य अष्ट्रेलियाको सनसाइनकोष्ट र मलेनी हिन्टरल्याण्डमा खिचिएको छ । जसको सम्पूर्ण छायाङ्कन निर्देशक विनोद केसीले गरेका छन् । भिडियोलाई अस स्टडीज ब्रिज्बेनले प्रायोजन गरेको छ भने असम पामाजानी रेष्टुरेन्ट ब्रिजबेनको सहयोग रहेको छ । गीतको शब्द निर्देशक केसीले रचना गरेका हुन् । गायक इन्द्र आर पी कै  सङ्गीत रहेको यस गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ । यस गीतको मेकअपमा भूमिका कार्की र सिनोम्याट्रिक एसिस्टमा जोनी रहेका छन् । यस म्युजिक भिडियोका प्रड्युसर अमुदा विष्ट मिश्र हुन् । तुसारोमा केसीले डेब्यू निर्देशन गरेका हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्