नेपालमा भुकम्प गए सङ्गै भारतमा झन शक्तिशाली भुकम्प गयो
भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६ .१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो । स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो । भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।
बुधबार बिहानै नेपालमा गएको भूकम्प भारतको उत्तर प्रदेशसम्म महसुस : बुधबार बिहानै नेपालमा दुईवटा भूकम्पको झट्का महसुस भएको छ । धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरस्केलको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको ११ मिनेटपछि ४ .३ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नेपालमा मात्र नभई भारतको उत्तर प्रदेशका विभिन्न इलाकामा पनि महसुस गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । यसअघि भारतमा राती १ बजेर ४५ मिनेटमा अरुणाचल प्रदेशमा पनि भूकम्पको झट्का महसुस गरिएको बताइएको छ । भूकम्प ५ .८ म्याग्निच्यूड रहेको र केन्द्रबिन्दु अरुणाचलको पश्चिम सियांगमा रहेको बताइएको छ ।