Logo

नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको प्रचण्डको भनाई


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी र जनजाति समूदायलाई पनि सचेत गराए । उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको बताए ।

मंगलबार ललितपुरमा आयोजित आदिवासी र जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आदिवासी र जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दबाब दिन जरुरी रहेको पनि बताए ।

उनले संविधानमा किटान गरिएको आदिवासी र जनजातिहरुको पहिचान अनुसार विकास निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामासमेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्