Logo

‘एभेन्जर्सः इण्ड गेम’ रिलिज अघि नै धमाका, टिकट बुकिङ धान्न सकेन


काठमाडौं। हलिउडको सुपरहिट फ्रेन्चाइजी एभेन्जर्सको अर्को सिरिज ‘एभेन्जर्सः इण्ड गेम’ २६ अप्रिलमा प्रदर्शित हुने तयारीमा छ । नेपालमा यसको प्रि–बुकिङ खोलिएको छैन । एभेन्जर्सका पारखी टिकट बुकिङ गर्न कुरेर बसिरहेका छन् । तर, भारतमा भने आइतबार राती १२ बजेदेखि बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरेको केही समयभित्रै सबै टिकट ‘सोल्ड आउट’ भयो ।

टिकट लाइभ गरेको केही समयपछि नै अत्यधिक मागका कारण टिकट बुक गर्ने साइट बुक माइ शो र पेटिएम क्र्याश भएको भारतीय मिडियाले बताएका छन्  । फिल्म रिलिज हुनु ६ दिनअघि नै भारतमा टिकट बुक गर्न लगभग असम्भव झैं भएको थियो । बुक माइ शोमा १० लाख बढीले आफूलाई फिल्म हेर्न इच्छुकको सूचीमा सुचिकृत गरेका थिए । एभेन्जर्सका प्रशंसकले टिकटको प्रि–बुकिङपछिको उत्सुकता र निराशा ट्वीटरमा पोखेका छन् ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्