अमेरिकाका विभिन्न ६ शहरमा उभौली साकेला पर्व विशेष कार्यक्रम हुने

वासिङ्टन डिसी, अमेरिका । भुट्नीज किराँत राई अर्गनाईजेसन अफ अमेरिका ब्रोका ले अमेरिकाका विभिन्न शहरहरुमा किराँत राईहरुको महान पर्व उभौली साकेला विशेष कार्यक्रम गर्ने भएको छ।
आफ्नो संस्कार संस्कृतीको संरक्षण र प्रवर्दन गर्दै आएको भुट्नीज किराँत राई अर्गनाईजेसनका शाखाहरुको आयोजनामा विभिन्न स्थानमा उभौली साकेला पर्व मनाउने क्रार्यक्रम तयार भएको हो।
अमेरिकाका विभिन्न ६ शहरमा उभौली साकेला पर्व विशेष कार्यक्रम हुने
भुट्नीज किराँत राई अर्गनाईजेसनले अप्रिल २७ तारिक एक्रोन, ओहायो, मे ११ बाल्टिमोर, मेरिल्याण्ड, मे ११ सिन्सिनाटि, ओहायो, मे १२ क्लिभल्याण्ड, ओहायो, मे १८ स्प्रिङ्फिल्ड, मासाचुसेट्स र केन्द्रीय स्तरको साकेला मे २६ तारिक ईरी , पेन्सिलभेनियामा कार्यक्रम गर्दै छ।
विशेष गरि वैशाखे पुर्णिमाका दिन देखी औँशीसम्म मनाईने उभौली साकेला मुलतः मानव जाती र प्राणीहरुको कल्याण र दिर्घायुको कामना गर्दै सारा जगतमा सुख शान्ति र समृद्धि होस भनि भुमिदेबको पुजा गर्दै विभिन्न चराचुरंगीहरको नक्कललाई नृत्य (शिलि) मा प्रस्तुत गर्दै मनाईने गरिन्छ। त्यसैगरी मे २५ तारिखका दिन ब्रोकाको छैटौं बार्षिक बैठक बिहान ११ बजे देखि साँझ ५ बजे सम्म ईरि शहरमा हुने पनि संस्थाले जनाएको छ।
यस्तो छ भुट्नीज किराँत राई अर्गनाईजेसनको विज्ञप्ती
प्रेस-बिज्ञप्ति
अमेरिकी सरकारी एजेन्सी- आन्तरिक राजस्व सेवा (IRS) बाट दर्ता र मान्यता प्राप्त गैर-लाभकारी संगठन- भुट्नीज किराँत राई ओर्गनाईजेसन अफ अमेरिका (BKROA)ले किराँत राईहरुको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि, र रितिरिवाज संरक्षण र संवर्धन गर्ने मुल उदेश्यले स्थापना गरिए देखिनै निरन्तर रुपमा अन्य सामाजिक समुदायहरु संग साझेदारी र समन्वय गर्दै समृद्ध किराँत समुदाय निर्माण, किरात राईहरुको इतिहास र गाथा, मुन्दुम खोज-अनुसन्धन,मौलिक भेष- भुषा र संस्कृतिको उत्थान र प्रबर्धनको लागि लगातार रुपमा काम गरिरहेको छ। साथै ब्रोकाले राईहरुको मिथक, मुन्दुम र तथ्यको आधारमा प्रत्येक वर्ष बिभिन्न संस्कृतिक कार्यक्रम साथै सामाजिक कार्यहरु पनि आयोजना गर्दै आईरहेको छ।
सदा बर्ष झै यस बर्ष पनि ब्रोकाले धेरै शाखाहरुमा किराँत राईहरुको महान चाड उभौली साकेला कार्यक्रम निम्न मिति र शहरहरुमा मनाउने तर्जुमा गरेको छः अप्रिल २७ तारिक एक्रोन, ओहायो, म्यई ११ बाल्टिमोर, म्यारिलन्डमा, म्यई ११ तारिक सिन्सिनाटि, ओहायो, म्यई १२ तारिक क्लिभल्याण्ड, ओहायो, म्यई १८ तारिक स्प्रिङ्फिल्ड, मासाचुसेट्स,र केन्द्रयीय स्तरको साकेला म्यई २६ तारिक ईरि , पेन्सिलभेनियामा हुन गईरहेको सबैलाई जानकारी गर्दछौ। बिशेष गरि वैशाखे पुर्णेको दिन देखी औशि भित्र सम्म मनाईन्ने उभौली साकेला मुलतः मानव जाती र प्राणीहरुको कल्याण र दिर्घायुको कामना गर्दै सारा जगतमा सुख-शान्ति र समृद्धि होस भनि भुमिदेबको पुजा गर्दै बिभिन्न चराचुरंगीहरको नक्कललाई नृत्य (शिलि) मा प्रस्तुत गर्दै मनाईने गरिन्छ ।त्यसै गरी म्यई २५ तारिक ब्रोकाको छैटौं बार्षिक बैठक बिहान ठिक ११ बजे देखि साँझ ५ बजे सम्म ईरि शहरमा हुने ब्यहोरा सबै संस्थाको सदस्यहरु, शाखा र केन्द्रको नेतृत्वहरु,सल्लाहकार,भाषाबिद,बिज्ञहरु र समर्थकहरूलाई सुचित गरिन्छ।
केन्द्रयीय स्तरको साकेला कार्यक्रममा आयोजक साथै अन्य बिभिन्न शाखाबाट सहभागी हुने शिलिकारहरुको शिलि नृत्य बाहेक अन्य बिबिध संस्कृतिक प्रदर्शनी, मनोरञ्जनमक रिसिया गायन र नृत्यहरु पनि रहने छ र उक्त बृह्त सांस्कृतिक कार्यक्रममा सम्पुर्णआमा-बुवा,दाजु-भाई,दीदि-बहिनी,बिभिन्न,संघ-संस्थाका,पदाधिकारीहरु,शुभचिन्तक, बुद्धिजिबीहरु, पत्राकार स्वयंसेवक र समर्थकहरू सबैलाई यस प्रेस-विज्ञप्ति मार्फत जानकारी साथै उपस्थित भई दिन हुन आयोजक समिति हार्दिक निमंत्रण गर्दछौं।
किशोर याम्फु, प्रचार-प्र्सार सचिव- ब्रोका, सम्पर्कः ८५६-९८६-९०६६ (डिसी नेपालबाट)