टाइम लाईन स्कुलका प्रसुन बडाल बने राईजिङ्ग स्टार सिजन ५ को विजेता

काठमाडौ – राईजिङ्ग स्टार सिजन ५ को विजेता टाइम लाईन स्कुलमा अध्ययनरत प्रसुन बडाल बनेका छन् । बालबालिकाको बौदिक विकास र क्षमता वृद्धि गर्ने उदेश्यले संचालन हुदै आएको राईजिङ्ग स्टार सिजन ५ को फाइनलमा ८५ जना प्रतिश्पर्धिलाई पछि पार्दै बडाल विजेता बनेका हुन् । विजेता बने संगै बडालले नगद ५१ हजार ट्रफि र ताज पाएका छन् । उनलाई गतवर्षको बिजेता अस्मिता खड्काले ताज लगाईदिएका थिए ।
बडाल विजेता बन्दा सिनियर तर्फ फस्ट रनर अप एशियन पब्लिक स्कुलका दृष्टि श्रेष्ठ र जुनियर तर्फ जेम्स स्कुलका पल्सा खड्का बनिन् । सेकेण्ड रनर अपमा भने सिनियर तर्फ टाईम लाईन स्कुलकी आयुष्मा राई बनिन् भने जुनियर तर्फबाट ईडन ब्रिज एकेडेमीकी करुणा राईले अवार्ड हात पारिन् ।
राईजिङ्ग स्टार ५ मा तेस्रो तेस्रो हुन सफल – जुनियरतर्फबाट लोयल्टी एकेडेमी, कक्षा ३ मा अध्ययनरत सिम्रन पुन ।सिनियरतर्फबाट भने पवन प्रकृति स्कुल, कक्षा ८ मा अध्ययनरत प्रेमा रोगुले तेस्रो अवार्ड हात पारिन् । चौथो हुन सफल – जुनियरतर्फबाट जेम्स स्कुल, कक्षा ५ मा अध्ययनरत गौरव सिटौला भा एभाने । सिनियरतर्फबाट इनोभेटीभ स्कुल, कक्षा ६ मा अध्ययनरत सुयोग बर्दन आचार्यले अवार्ड हात पारे । पाँचौमा – जुनियरतर्फबाट फ्लोरिसेन्ट स्कुल, कक्षा ५ मा अध्ययनरत यसस्विनी थापा भने सिनियरतर्फबाट लोयल्टी एकेडेमी, कक्षा ६ मा अध्ययनरत आयुष कार्की । छैटौं हुन सफल हुदै जुनियरतर्फबाट जेम्स स्कुल, कक्षा ५ मा अध्ययनरत अमन मिश्र र सिनियरतर्फबाट आइडियल मोडल स्कुल, कक्षा ९ मा अध्ययनरत आयुष्मा ढकालले अवार्ड हात पारे । सातौं हुन सफल भए जुनियरतर्फबाट लोयल्टी एकेडेमी, कक्षा ५ मा अध्ययनरत सिकुम लिम्बु ।सिनियरतर्फबाट लिटिल एन्जल स्कुल, कक्षा ७ मा अध्ययनरत प्राप्ति काफ्ले अवार्ड हात पारिन् ।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका जम्मा ८६ बालबालिका दुइ चरणको अडिसनबाट छनौट भई फाइनल प्रतिस्पर्धामा सहभागि भएका थिए ।
बरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर सुमनसागरजंग केसी, चर्चित गायिका प्रविशा अधिकारी, चार्टर एकाउण्टेन दिलिप घिमिरे, मिस मंगोल २०१८ कि बिजेता जाङ्मु शेर्पा, चलचित्र निर्माता तथा नायिका रोशनी केसी, राईजिङ्ग स्टार २०१६ कि बिजेता अनुस्का मानन्धर र राईजिङ्ग स्टार २०१७ का बिजेता असल अधिकारीको निर्णयक टिमले उक्त विजेता छनौट गरेका हुन् । कार्यक्रममा चर्तित गायक धिरज राईले आफ्ना चर्चित गीतहरु गायका थिए भने राईजिङ्ग स्टारका बिजेताहरु स्मेरा सिं, अनुष्का मानन्धर, असल अधिकारी र अस्मिता खड्काले आफ्ना प्रस्तुतिहरु प्रश्तुत गरेका थिए ।
कार्यक्रमका संयोजक तथा क्रियटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बालबालिकाहरुको आत्मविश्वास, व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको विकासले भोलिको सवाल राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्धत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।