सिड र दिर्घकालीन लक्ष्य बारे प्रशिक्षण
मान्सुङ चाम्लिङ
आदिवासी महिला युवाहरुलाई लक्षित गरेर प्रदेश नम्बर तीनको मकवानपुर जिल्लामा सिड र दिर्घकालीन लक्ष्य बारे प्रशिक्षण तालिम सम्पन्न भएको छ । विश्व सञ्चारको माध्यमको कारण एक परिवार भएको छ । यसै कारण विश्वमा भएका देशहरु एक परिवारको रुपमा संयुक्त राष्ट्रसंघमा सदस्यको रुपमा रहेका छन् । यसकारण विश्वमा जतिसुकै देशरु भएता पनि कुनै एक देशले मात्र विकास गरेर त्यो देश विकास गर्न सम्भव छैन ।
यसकारण सबै देशहरु सहकार्य मार्फत अगाडी बढ्न जरुरी छ । यसकारण विश्वका सबै राष्ट्रहरुलाई समेटेर संयुक्त राष्ट्रसंघले सहस्राब्दी लक्ष्य विकास योजना सन् २००० देखी सन् २०१५ लाई मानेर विकास प्रक्रियामा अगाडी बढेको थियो । यसले केही हदसम्म विकासलाई टेवा पुर्याएको थियो । यसलाई निरन्तरर्ता दिनको लागी सन् २०१६ देखी २०३० सम्मलाई पुन दीर्घकालिन लक्ष्य विकास योजना ल्याएको छ । यसमा सत्रवटा लक्ष्यहरु ६९ वटा रणनीहिरु राखिएको छ ।
जसमा लक्ष्य नम्बर ५ मा लैंगिक समता अथवा महिलाहरुको अधिकारलाई समेट्नेगरी लक्ष्य राखिएको छ । यसविषयलाई तथा अन्तराष्ट्रिय महिला अधिकार सम्बन्धि महिला विरुद्ध हुने भेदभाव उन्मुलन गर्ने समिति तथा त्यस समितिले दिएको अधिकारहरु, कानुनहरुको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।
प्रशिक्षण कार्यक्रम आदिवासी जनजाति महिला युवा सञ्जालको आयोजना तथा फिमी संस्थाको सहकार्यमा सम्पन्न भएको हो । स्थानिय युवा महिलाहरुको सञ्जालले व्यवस्थापन गरेको उक्त कार्यक्रममा नेपालको संविधान २०७२ अनुसार महिला अधिकारहरुको बारेमा, सरकारी निकायहरुमा भएको महिलाहरुको लागी छुटिएको बजेट, स्रोतसाधन बारेमा प्रशिक्षित गरेका थिए । प्रशिक्षकको रुपमा मान्सुङ चाम्लिङ तथा सञ्जालको अध्यक्ष रिसा श्रेष्ठले दिनु भएको थियो । विशेष गरी तामाङ आदिवासी महिला युवाहरुलाई लक्षित गरिएको कार्यक्रममा ३५ बढी सहभागीहरु रहेका थिए ।
हेटौंडा उपमहानगरपालीको भोर्ले, कमानेका महिलाहरु सहभागीता रहेका थिए । संविधानले दिएको हरेक स्थानमा ३३ प्रतिशत महिला सहभागीताको लागी हालसम्म महिलाहरु अग्रसर हुन नसकेकोले उक्त स्थानमा आफ्नो स्थान सुरक्षित गर्न महिलाहरु सचेत हुनु पर्ने प्रशिक्षिकहरुले अवगत गराएका थिए । प्रशिक्षणमा रहेका महिलाहरुले आफुमा केही सिपको क्षमता भएता पनि सरकारी निकायहरुमा तथा अन्य निकायहरुमा बोल्न नसकेको कारण आफ्नो क्षमता नभएकोले सिपलाई सदुपयोग गर्न नसकेको बताए ।
यसैगरी उनीहरुलाई बोल्न सक्ने किसिमको तालिमको आवश्यकता परेको बताएका थिए । राज्यमा भएका स्रोतहरु सही रुपमा परिचालन नहुँदा अथवा सरकारी निकायहरुबाट सही रुपमा वितरण नगर्दा सम्म विकास हुन नसक्ने हुनाले आफु लक्षित आएको स्रोत साधनहरु परिचालन गर्न महिलाहरु सक्षम हुनुपर्ने प्रशिक्षकहरु प््राशिक्षित गराएका थिए ।