Logo

सान्दाइको कालो अनुहार-कबिता


– अटल क्रान्तिकारी

कालै थियो मदन भण्डारीको टोपि
कालै छ सान्दाइको अनुहारको रङ्ग

सेतो थियो ज्ञानेन्द्रको कमिज सुरुवाल
सेतै छ ठुलदाइको अनुहारको रङ्ग

करोडौ करोडको फायलमा हस्ताक्षर गरीसके
हजारौ हजारलाइ भर्र्याङ् चढाइसके
सयौ सयौलाइ खुट्टा टेकाए
कयौ कयौलाइ बाटो देखाए
छाम्नोस त रित्तै छ सान्दाइको कोटको खल्ती ।

तपाई ले भेट्न सक्नुहुन्छ
– नेपाल यातायातमा सिट खोज्दै गरेको
एउटा साम्सद
– खोटाङ यातायतको काउन्टरमा टिकट लिदै गरेको
कम्युनिस्ट पार्टिको केन्द्रीय नेता
– दुरदराजको बस्तिमा निश्चिन्त हिडिरहेको
एउटा जनप्रतिनिधी ,

हिड्दैछ्न त्यसैगरी
फेरीएको छैन सान्दाइको छपन्न सालको जुत्ता ।

तपाइ देख्न सक्नुहुन्छ
अनारको बगैचा
लिचीको झाङ
एभोकर्डोको रूख
उहि पुरानो घरको रङरोगन
फेरीएको छैन सान्दाइ को आवास ।

तपाइ अनुभब गर्न सक्नुहुन्छ
उसरी नै लगाउछन जुङ्गामा ताउ
उसरी नै उठाउछन मुठ्ठि
गर्छ्न लालसलाम
उसरी नै मिलाउछ्न सहयोद्दा ,
कार्यकर्ता सङ्ग हात
आएको छैन सान्दाइ का औलाहरूमा
बिचलन ।

तपाइ सोध्न सक्नुहुन्छ
जुनसुकै प्रश्न
तपाइ लिन सक्नुहुन्छ
जस्तो सुकै सुझाब
चढेको छैन सान्दाइको
टाउकोमा सन्की
उस्तै छ्न कान उस्तै छ गिदि ।

तर सारै कमजोर छन सान्दाइका आखा
गतिला फाटहरू ,जङ्गल ,मैदान ,घडेरी ,कमिसन
यि केहिपनी देख्दैनन
देख्छ्न त केबल
लेनिनको दर्शन
कार्यकर्ताका दु ख
बिकासका संभावना
कहिले काही देख्छ्न
अग्रजले सिकाएको पार्टी लाइन ।

उनलाइ पार्टिको असाध्यै माया छ
उनलाइ देशको बिछट्टै माया छ
उनलाइ रावा,सावाको माया छ
उनलाइ सिहदरबार को माया छ
उनलाइ बालुवाटारको उत्तीकै माया छ
केबल उनलाइ आजभोली
सेता अनुहारहरुको मात्रै माया लाग्न छाडेको हो ।

उनि बिद्रोह मन पराउछ्न
उनि फ्याक्न चाहान्छ्न
कुलङ्गार चढेको भर्र्याङ्
तर
उनलाइ बालुवाटार र धुम्बाराही ले
नाकमा नथ्थी लगाएको छ
र बेला बेला तानिरहेको छ
र भनिरहेको छ –
खबरदार – बोल्लास
खबरदार – ओकल्लास
खबरदार – लेख्लास
जिब्रोलाइ खतरा छ
हातलाइ खतरा छ
त्यसैले
आगो सल्किएको छातिलाइ
सुनकोशिको चिसो पानीमा
डुबाउदै
मौन रहन बाध्यछ्न सान्दाइ ।

उनि पटक पटक हेरीरहन बाध्य छ्न
आफ्नो जिबनको आदर्श अगाडी
झुण्डिरहेको
ठुल्दाइको सेतो अनुहार ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्