Logo

आजको एकतामा केन्द्रीय सदस्य बनेका ८ नेतालाई जिल्ला कमिटीको सचिवमा


नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी एकता हुँदा केन्द्रीय सदस्य बनेका ८ नेतालाई जिल्ला कमिटीको एकतामा सचिव बनाइएको छ ।

सोमवार घोषणा गरिएको जिल्लाका पदाधिकारीको सूचीमा ८ केन्द्रीय सदस्यलाई जिल्ला सचिवको समेत जिम्मेवारी दिइएको छ । जिल्ला सचिव हुनेमा ७ जना साविक माओवादी केन्द्र र १ जना साविकको एमालेबाट छन् ।

साविकको माओवादीबाट धादिङमा शालिकराम जम्कट्टेल, काठमाडौंमा हिमाल शर्मा, सर्लाहीमा डाचाराज वाग्ले, रौतहटमा युवराज भट्टराई, मोरङमा गोपिबहादुर अछामी, सिन्धुपाल्चोकमा दावा लामा तामाङ र रुपन्देहीमा दधिराम न्यौपानेलाई केन्द्रीय सदस्य हुँदाहुँदै सचिवको जिम्मेवारी समेत दिइएको छ ।

नेकपा पार्टी एकता पहिलो गाँसमै ढुङ्गानेकपा पार्टी एकता पहिलो गाँसमै ढुङ्गा : साविक एमालेबाट केन्द्रीय सदस्य बनेका सिराहाका प्रमोदनारायण यादव जिल्ला सचिव समेत बनेका छन् । धादिङका जम्कट्टेल प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानूनीमन्त्री समेत हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अन्तत अबरुद्ध पार्टी एकताको गाँठोलाई फुकाएको छ । ७० औँ पार्टी एकता दिवसको अवसर पारेर नेकपाले ७७ जिल्ला नेतृत्व सार्वजनिक गरेको छ ।

सूची बाहिरिए लगत्तै वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्